जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच एकताको तयारी

जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टीले नेपाली समाजवादको नयाँ बाटो तय गर्न सहमति जनाएका छन्।

श्रावण २९, २०८२

कान्तिपुर संवाददाता

Preparation of unity between Jaspa and Rashtriya Mukti Party

काठमाडौँ — जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकताको तयारी गरेका छन् । दुवै पार्टीले बिहीबार संयुक्त रूपमा एकता उन्मुख कार्यगत एकताको घोषणा गरेका छन् । जनता समाजवादी पार्टीको नेतृत्व अशोक राईले गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट गत वर्ष राईको नेतृत्वमा पार्टी टुक्रिएको थियो । उक्त पार्टीको प्रतिनिधिसभामा प्रतिनिधित्व रहेको छ । पार्टी दुई जना मन्त्री सहित केपी ओली सरकारमा सहभागी छ । राष्ट्रिय मुक्ति पार्टी नेपालको नेतृत्व राजेन्द्र महतोले गर्छन । दुवै नेताले कार्यकगत एकता पत्रको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

Preparation of unity between Jaspa and Rashtriya Mukti Partyबैठकको अध्यक्षता आलोपालो गर्ने गरी एकताको तयारी गरिएको हो । दुवै पार्टीका अध्यक्षहरू सहित ७/७ जना नेताको सहभागिता रहने केन्द्रीय संयोजन समिति बनाएर पार्टी सञ्चालन गर्ने उनीहरूको तयारी छ । प्रदेश र स्थानीय तहमा पनि त्यसैगरी संयोजन समिति बनाइने भनिएको छ । संघीय लोकतान्त्रिक गाणतन्त्रको रक्षा र सुदृढीकरणलाई एकताको उद्देश्य राखिएको छ ।

त्यस्तै, बहुजातीय/बहुलराष्ट्रिय राज्य सुहाउँदो समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । सहभागितामूलक समावेशी लोकतन्त्र, सुशासनका लागि सरकार, संसद् र सडक सबै मोर्चामा क्रियाशील रहने दुवै नेताद्वारा हस्ताक्षरित सहमति पत्रमा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully