मुलुकमा अर्को सडक क्रान्ति खाँचो छ, नेतृत्व मैले नै गर्छु : अध्यक्ष दाहाल

‘नयाँ आन्दोलन क्रान्ति आवश्यक छ । अर्को क्रान्ति चाहिएकै छ नेपालमा । मैले सशस्त्र त्रान्ति भनेको होइन । एउटा सडकबाट ठूलो क्रान्ति नभएसम्म यिनको दिमागमा छिर्ने देखिएको छैन ।’

श्रावण २२, २०८२

कान्तिपुर संवाददाता

The country needs another road revolution, I will lead it: President Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा अर्को सडक क्रान्ति आवश्यक भएको उल्लेख गर्दै आफूले त्यसको नेतृत्व गर्ने बताएका छन् । अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा उनले अर्को ठूलो क्रान्ति नभएसम्म मुलुकको गुणात्मक विकास नहुने बताए । 

‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेसिता स्थापना भए पनि  म नयाँ आन्दोलनको नेतृत्व गर्छु भनेर जनतामाझ गएको छु,’ उनले झने, ‘नयाँ आन्दोलन क्रान्ति आवश्यक छ । अर्को क्रान्ति चाहिएकै छ नेपालमा । मैले सशस्त्र त्रान्ति भनेको होइन । एउटा सडकबाट ठूलो क्रान्ति नभएसम्म यिनको दिमागमा छिर्ने देखिएको छैन ।’ 

देशको कर्मचारीतन्त्र, न्यायालय रूपान्तरण आवश्यक भएको बताए ।‘देशलाई गुणात्मक ढंगले अघि बढाउन बिउरोक्रेशी मा, जुडिसियरीमा र पुराना पार्टीको दिमागामा क्रान्ति ल्याउन सकेका छैनौँ,’ उनले भने, ‘हामीले परम्पराका सांगला तोड्न बाँकी छ ।’

कान्तिपुर संवाददाता

Link copied successfully