रास्वपाले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडामाथि कुलिङ अफ पिरियडको विषयमा नैतिक प्रश्न उठेको भन्दै सांसद झाले राजीनामा माग गरे।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

The RSVP demanded the resignation of the Chairman of the State Arrangements Committee, Khatiwada

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन् । संघीय निजामती विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडमाथि भएको छलछामको नैतिक र राजनीतिक जिम्मेवार खतिवडा रहेको निष्कर्षसहित समितिले प्रतिवेदन बुझाएपछि उनको राजीनामा मागिएको हो।

सांसद झाले सभापति खतिवडामाथि नैतिक प्रश्न उठेकोले पदमा रहन नमिल्ने तर्क गरे।

उनले भने, ‘कर्मचारीको कुलिङ अफ पिरियडको विषयमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ। छापाखानाहरूमा यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो। अब उहाँलाई नैतिक प्रश्न उठ्छ। यो नालायकीपनको जवाफ कसले दिने? यसको जिम्मेवारीको जवाफ कसले दिने? मेरो नाम लेखेको छैन भन्दैमा उम्किन पाइन्छ? अहिलेको प्रधानमन्त्री भनेपछि हामी कसको नाम सम्झिन्छौँ? यहाँ पदको नाम लेखिएको छ नि।’

सांसद झाले भाषा आयोगमा नियुक्त व्यक्ति मन्त्रिपरिषद्ले नियुक्त गरेको नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

कान्तिपुर संवाददाता

Link copied successfully