सरकारले बहुविवाह गर्न दिन खोज्नु, प्रतिगमन हो : सांसद शर्मा

सांसद शर्माले जनआन्दोलनका उपलब्धिमाथि प्रहार भएको बताउँदै बहुविवाहलाई कानुनी मान्यता दिने तयारीलाई प्रतिगमन भनेकी छन्।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

Government trying to allow polygamy is regression: MP Sharma

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले बहुविवाहलाई कानुनी मान्यता दिने गरी सरकारले कानुनी प्रबन्ध गर्न लागेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शर्माले संविधान प्रदत्त महिला अधिकार र नेपाल पक्ष राष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धि विपरीत सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संशोधन गर्न खोज्नु गलत भएको बताइन् । उनले बहुविवाहलाई कानुनी मान्यता दिने गरी कानुन मन्त्रालयले गरिरहेको तयारी ठिक नभएको बताइन् ।

सांसद शर्माले भनिन्, ‘जनयुद्ध जनआन्दोलन र सबै खाले महिला आन्दोलनका प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दैछ । यो महाप्रतिगमन हो । यसकाप्रति घोर आपत्ति व्यक्त गर्दछु । यससम्बन्धी प्रतिगमनकारी विधेयक अघि नबढाउन ध्यानाकर्षण गर्दछु ।’

सांसद शर्माले प्रतिगमनलाई आफूहरूले नस्विकार्ने समेत स्पष्ट पारिन् ।

कान्तिपुर

Link copied successfully