आज माओवादी स्थायी समिति बैठक : आन्तरिक एकतादेखि वामपन्थी एकतासम्मका एजेन्डा

पार्टीभित्रको लोकतन्त्र कमजोर भएको, विधि र प्रणालीमा पार्टी नचलेको र विशेष महाधिवेशन गर्नुपर्ने लगायत मागका बारेमा पनि गम्भीर छलफल हुने केन्द्रीय कार्यालयले जनाएको छ ।

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

Maoist Standing Committee Meeting Today: Agenda from Internal Unity to Left Unity

काठमाडौँ — माओवादी स्थायी समिति बैठक आज दिउँसो १ बजे पेरिसडाँडामा बस्दै छ । माओवादीको आन्तरिक एकता, आगामी केन्द्रीय समितिको मिति तय, वामपन्थी एकताका लागि प्रस्ताव अगाडि बढाउने र हाल स्थगित  मध्यपहाडी राजमार्ग अभियानलाई निरन्तरता दिने एजेन्डाबारे बैठकमा छलफल हुनेछ ।

बैठकमा मुख्य गरी उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको लोकतन्त्र कमजोर भएको विधि र प्रणालीमा पार्टी नचलेको र विशेष महाधिवेशन गर्नुपर्ने मागका बारेमा पनि गम्भीर छलफल हुने केन्द्रीय कार्यालयले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव शर्माबीचको विवाद सार्वजनिक भइसकेको छ । अध्यक्ष दाहालले पार्टीभित्र आन्तरिक लोकतन्त्रको व्यापक अभ्यास भएको उल्लेख गर्दै जनार्दनले सिँगौरी खेलेको आरोप लगाएका छन् भने शर्माले पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर हुँदा प्रमुख नेतृत्वको वरिपरि घुम्ने नेताहरूका कारण पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको दाबी गर्दै आएका छन् ।

कान्तिपुर

Link copied successfully