सुकेका रुखमा घोँगीफोरको संसार [तस्बिरहरू]

२०८१ सालमा बाटुली पोखरीमा घोँगीफोर गरुडको ४१० वटा गुँड थियो, गत वर्ष ४७८ पुग्यो । यतिखेर केही गुँडमा बचेरा पनि देखिन थालेका छन् ।

श्रावण ५, २०८३

रमेशकुमार पौडेल

The world of snails in dead trees [Photos]

चितवन — बरन्डाभार जंगलभित्रको बाटुली पोखरी यतिबेला सेताम्य देखिन्छ । पानीमाथि ठिंग उभिएका रुखका हाँगाहाँगामा सयौं घोँगीफोर गरुडले गुँड बनाइरहेका छन् । सुकेको रुखमा हरिया पात देखिन्नन् । त्यही जीर्ण रूखमा घोँगीफोर जोडी नयाँ जीवन हुर्काइरहेका छन् ।

The world of snails in dead trees [Photos]

बर्खासँगै सुरु हुने 'घरजम'को उत्सवले सहरी कोलाहलबाट टाढाको यो सिमसारलाई चराको व्यस्त बस्तीमा रूपान्तरण गरेको छ । संरक्षणमा सक्रिय संस्था बर्ड एजुकेसन सोसाइटीका सदस्य गजेन्द्र पोखरेल सोमबार बाटुली पोखरी क्षेत्रमा देखा परे । उनी केही वर्षयता यो चराले लगाएका गुँडहरुको नियमित अनुगमन गर्दै आएका छन् । ‘२०८१ सालमा ४१० वटा गुँड थियो । गत वर्ष ४७८ पुगे । यो पटक अझै गणना गरेका छैनौं । गुँड लगाउने क्रम जारी नै छ,’ पोखरेलले भने । केही गुँडमा बचेरा पनि देखिन थालेका छन् ।

The world of snails in dead trees [Photos]

अंग्रेजीमा एसियन ओपनबिल भनिने यो चराको मुख्य आहारा खेत, घोल, खोला र सिमसारमा पाइने घोँगी हो । त्यसैले बाटुली पोखरी वरपरका गाउँ देवनगर, उजेलीनगर, चम्पानगर र पटिहानीका खेतमा पनि यो चरा डुल्दै गरेको देखिन्छ । स–साना सर्प, भ्यागुता र माछा लगायतका किराहरु पनि यसले खान्छ । यो किसानको साथी चरा हो । तर खेतबारीमा रासायनिक मल विषादी राखेका कारण आहारा र यसको स्वास्थ्य पनि संकटमा पर्दै गएको संरक्षणकर्मी पोखरेल बताउँछन् । 'आहारा पाइने तर मान्छेको चाप कम हुने क्षेत्रमा यसले गुँड बनाउँछ । त्यसैले खेतीको नजिक रहेको बाटुली पोखरी ताललाई यसले रोज्ने गरेको छ,' उनले भने ।

The world of snails in dead trees [Photos]

नदी सिमसार सरसफाइ र संरक्षण अभियानमा लागेका अपिल घिमिरेका अनुसार खेतमा सिँचाइको प्रबन्ध गर्न स्थानीयले बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनभित्र सानो घोलको संरक्षण सुरु गरेका हुन् । त्यहाँ संकलन भएको पानीले अर्को गाउँ गंगानगरका स्थानीयले सिँचाइ गर्छन् । यसरी सिर्जना भएको ताल चराको राम्रो बासस्थल भएको छ ।

The world of snails in dead trees [Photos]

तालमा पानी जम्दै गर्दा रुखहरु सुकेका थिए । सुकेका रुखमा घोँगीफोर आएर गुँड बनाउन लागेको पाँच ६ वर्ष भएको स्थानीय बताउँछन् । पानीमा रहेका रुखमा गुँड लगाउँदा विभिन्न शत्रु जीव सर्प, मलसाप्रो लगायतबाट बचेरा र अन्डाबाट जोगाउन सहज हुने संरक्षणकर्मी पोखरेलले बताए । रुखका सुकेका सानाठूला सिन्का बटुलेर यो चराले गुँड लगाउँछ । बच्चा नहुर्कंदासम्म सिन्का थप्दै जान्छ ।

The world of snails in dead trees [Photos]

कुनै बेला घोँगीफोर गरुडले निकुञ्जको लामिताल क्षेत्रमा प्रशस्त गुँड लगाउने अर्का चरा संरक्षणकर्मी टीका गिरी बताउँछन् । पछि टिकौली आडका विभिन्न तालमा पनि यो चराले गुँड लगाउँथ्यो । अहिले बाटुली पोखरीमा सीमित हुँदै गएको गिरीको भनाइ छ ।

The world of snails in dead trees [Photos]

भालेपोथी मिलेरै गुँड लगाउने र आहार खोज्ने गर्छन् । पोथी ओथारो बस्दा भालेले सघाउँछ । दुवै मिलेर बच्चा हुर्काउँछन्  । सेप्टेम्बर र अक्टोबर पहिलो साता अर्थात् मध्य असोजसम्म घोँगीफोरले बच्चा हुर्काएर उडाइसक्छ पोखरेलले बताए । 'चरा रुचाउने पर्यटकका लागि बाटुली पोखरी क्षेत्र शान्त गन्तव्य भएको छ,' उनले भने । बाटुली पोखरी सदरमुकाम भरतपुरदेखि लगभग १२ किलोमिटर दक्षिणमा पर्छ ।

The world of snails in dead trees [Photos]
The world of snails in dead trees [Photos]
The world of snails in dead trees [Photos]
The world of snails in dead trees [Photos]
The world of snails in dead trees [Photos]
The world of snails in dead trees [Photos]

फिचर

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully