असार १५ अर्थात धान दिवस

आज देशभरका किसानहरूले धान रोपाई दिवस मनाएर दही चिउरा खाइरहेका छन् ।

असार १५, २०८३

मनोज पौडेल

Asar 15, i.e. Paddy Day

कपिलवस्तु — असार १५ लाई धान दिवसका रुपमा मनाएर दही चिउरा खाने गरिन्छ । आज देशभरका किसानहरूले धान रोपाइँ गरेर दही चिउरा खाइरहेका छन् । यहि क्रममा शुद्धोधन गाउँपालिका–२, हरनामपुरमा धान रोपाइँ दिवस सकेर दही चिउरा खाँदै रोपाहारहरू । कालिका स्वाबलम्बन सामाजिक विकास केन्द्र र शुद्धोधन गाउँपालिकाद्वारा उक्त दही चिउरा खाने कार्यक्रम राखेको हो । असार १५ मा दही चिउरा खाँदा कृषि कर्ममा शारीरिक उर्जा मिल्ने विश्वास छ । धान रोप्दा थाकेको शरीरलाई उर्जा र शीतलता दिइने हुँदा दही चिउरा खाने गरिएको हो । असार १५ लाई मानो रोपेर मुरी फलाउने अर्थात कृषि कर्मको मुख्य समयको रुपमा लिइन्छ । रोपाइँको चटारोमा काम गर्ने किसानहरूलाई उर्जा मिलोस् भनेर पनि यो परम्परा बसेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रामसुरत पालले बताए ।

Asar 15, i.e. Paddy Day
Asar 15, i.e. Paddy Day
Asar 15, i.e. Paddy Day
Asar 15, i.e. Paddy Day

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully