Honey has been harvested from 9 out of 11 beehives in Tehra Bhir. There is a tradition of harvesting honey from the beehives during the Udhauli period (Asoj-Kartik) and the Ubhauli period (Baishakh-Jeshtha).
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
A honey hunting festival has been organized in Tehara, located in Kepilasgadhi Rural Municipality-1, Phedi. This year, 11 bees have laid eggs in Tehara Bhir of Chilim Lahure Pokhari Community Forest. The honey hunting festival has been organized along with that honey hunt.
फेदीका विभिन्न भीरमा उधौलीको बेला असोज–कात्तिकमा र उभौलीका बेला वैशाख–जेठमा मह सिकार गर्ने परम्परा रहेको मह सिकारीमध्येका मुख्य माखाम्लाका हस्तराम राईले बताए । महोत्सव सुरु भएको दिन शुक्रबार प्रतिकूल मौसमका कारण मह सिकार गर्न नसकिएपछि शनिबार बिहानैदेखि मह सिकार गरिएको हो । यसवर्ष तेहरा भीरमा रहेका ११ मध्ये ९ गोलाको मह सिकार गरिएको छ । गत वर्षको तुलनामा यो वर्ष कम गोला लगाएको मह सिकारी धनकुमार राईले बताए । उनका अनुसार गत वर्ष यहाँ १७ वटा गोला लगाएको थियो ।
मह सिकारका लागि चोयाको पर्याङ (भर्याङ)को माध्यमबाट भीरमा चढेर दाबिलो (मह काट्ने चक्कु)ले चाका काटेर डोरीको माध्यमबाट डालोमा राख्ने गरिन्छ । मह डालोमा राखेपछि डोरीकै माध्यमबाट भुइँमा खसालिन्छ । त्यसपछि बाँसको छपनीमा मह छानेर बोतलमा भर्ने गरिन्छ । भीर माहुरीको महमा औषधीय गुणयुक्त हुने हुँदा महंगोमा बिक्री हुने गरेको धनकुमारले बताए । उनका अनुसार प्रतिसेर (प्रतिकिलो) २ हजार रूपैयाँमा बिक्री हुने गरेको छ । यो क्षेत्र मुन्दुम ट्रेलमा पर्ने भएकाले थप पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए ।
यो क्षेत्र मनोरम भएकाले यसको संरक्षणका साथै हनी हन्टिङ पर्यटन पबद्र्धनका लागि थप प्रचार–प्रसारमा जोड दिनुपर्ने मैयु टेम्के साल्पा सिलिचुङ पर्यटन प्रबर्द्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले बताए । यसका साथै हनी हन्टिङ गर्दा सिकारीको सुरक्षाका लागि उपकरणको व्यवस्था गर्नुपर्ने, बाटो अप्ठेरो भएकाले त्यसको मर्मतको व्यवस्था गर्नु पर्ने राईले बताए ।
महोत्सवमा खोटाङसहित भोजपुर, ओखलढुंगा, झापा, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लाबाट समेत आएको केपिलासगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले बताए । उक्त महोत्सवमा रैथाने परिकार समेत राखिएको थियो । चौरीको घिउ, छुर्पी, विभिन्न खालका अचार, सेल रोटी, मकै भटमास, आलुबाट बनाएका परिकार, भेडा, रैथाने सुगुर, कुखुरालगायतका मासुजन्य परिकार समेत महोत्सवमा राखिएको थियो ।
कोशी प्रदेशको पदमार्गमा आधारित परियोजना शीर्षकमा सशर्त कार्यक्रम अन्तरगत ३ लाख ३६ रूपैयाँ बजेटमा महोत्सव आयोजना गरिएको सौधनले बताए । यसमध्ये पर्याङ बुन्न १ लाख, १० जना मह सिकारीलाई दुर्घटना विमा, स्वास्थ्य डेस्कका लागि आवश्यक सामग्री खरिद, कार्यक्रम व्यवस्थापन, अतिथि सत्कारलगायतमा खर्च गरिएको सौधनले जनाए । तस्बिरहरु: डम्बरसिं राई/कान्तिपुर
!['Honey Hunting' Festival in Tehran [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/photo3-2352026011545-1000x0.jpg&w=1001&h=0)
!['Honey Hunting' Festival in Tehran [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/photo14-2352026011547-1000x0.jpg&w=1001&h=0)
!['Honey Hunting' Festival in Tehran [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/photo2-2352026011546-1000x0.jpg&w=1001&h=0)
!['Honey Hunting' Festival in Tehran [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/photo9-2352026011548-1000x0.jpg&w=1001&h=0)
!['Honey Hunting' Festival in Tehran [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/photo13-2352026011554-1000x0.jpg&w=1001&h=0)
!['Honey Hunting' Festival in Tehran [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/photo11-2352026011552-1000x0.jpg&w=1001&h=0)