२५७० औं बुद्ध जयन्तीका उपलक्ष्यमा लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद (डिपी) अर्याल र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडगराज पौडेललगायत लुम्बिनीस्थित विभिन्न विहारका भिक्षु, भिक्षुणी, उपासक, उपासिकाले मायादेवी मन्दिरमा पूजाआजा र ध्यान गरेका थिए ।
लुम्बिनी — चिटिक्क सिंगारिएको लुम्बिनीेमा शुक्रबार विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइएको छ । बिहान ५ बजेकालागि निधारित कार्यक्रम वर्षाकाकारण प्रभावित भएपछि बिहान साढे ८ बजेबाट सुरु भएर एक घण्टामा सकिएको थियो । २५७० औं बुद्ध जयन्तीका उपलक्ष्यमा लुम्बिनी विकास कोषद्वारा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद (डिपी) अर्याल र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडग राज पौडेललगायत लुम्बिनीस्थित विभिन्न विहारका भिक्षु, भिक्षुणी, उपासक, उपासिकाले मायादेवी मन्दिरमा पूजाआजा र ध्यान गरेका थिए । बुद्ध जयन्तीका दिन वैसाख पूर्णिमामा लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटकले लुम्बिनी भरिभराउ बनेको छ । कार्यक्रममा थेरबादी, महायानी र बज्रयानी सम्प्रदायबाट पूजाआजा गरिएको थियो । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती र नेपालकालागि संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि लिला पिटर्स याहियालगायत पनि उपस्थिती थिए ।
