शनिबार बेलुका डोजर लगाउने क्रममा यहाँ स्थानीयले अवरोध गरेका थिए । आज बिहानैदेखि १९ सय प्रहरी खटिएका छन् ।
काठमाडौँ — हिजोदेखि उपत्यकाको अव्यवस्थित र अतिक्रमित बस्ती हटाउन सुरु गरेको सरकारले आज बिहानैदेखि भक्तपुर मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीका घरटहरा हटाउन थालेको छ ।
यस बस्तीमा ७ सय ७७ घरटहरा छन् । शनिबार बेलुका डोजर लगाउने क्रममा यहाँ स्थानीयले अवरोध गरेका थिए । झडप हुँदा प्रहरी वृत्त, थिमिका प्रमुख डीएसपी नवराज ढुंगानासहित १४ जना घाइते पनि भए । कागेश्वरी मनोहरा–८ र ९ मा ९० घरपरिवार अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।
![Slum settlement on Manohara Coast being removed [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/whatsapp-image-2026-04-26-at-110733-am-2642026073314-1000x0.jpg&w=1001&h=0)
![Slum settlement on Manohara Coast being removed [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/whatsapp-image-2026-04-26-at-110719-am-2642026073428-1000x0.jpg&w=1001&h=0)