चिमालको जंगलमा रंगीन चरा [तस्बिरहरू]

जिरीमा पहिलाको जस्तो ‘री’ अर्थात् घना जंगल त्यत्ति छैन तर जे छ; ती जंगलमा स-साना चराको चिरिबिरी कायम छ ।

वैशाख ३, २०८३

रमेशकुमार पौडेल

Colorful birds in the Chimal forest [Photos]

जिरी (दोलखा) — यो मौसममा जिरीका डाँडापाखामा गुराँस फुलेका छन् । रातो होइन सेतो । जसलाई स्थानीय बासिन्दा ‘चिमाल’ भन्छन् ।

Colorful birds in the Chimal forest [Photos]

जिरी नगरपालिका–६ मा त गुराँस पार्क नै छ । जिरी जाने मूल सडकबाट ६ किलोमिटरमाथि थुम्कामा गुराँस फुलेका रुख प्रशस्तै छन् । सेतो गुराँससँगै राता गुराँस पनि छिटपुट देखिन्छन् । पार्कबीचमा सानो पोखरी पनि छ । जिरी बजारकै आडमा छ गुम्बा । सो गुम्बा हुँदै उकालो जंगल क्षेत्र आउँछ । जिरी–४ को बोत्ले गाउँ आडको यो वन क्षेत्रमा अनेकौं चराको चिरबिर आवाज सुन्न पाइन्छ ।

हिमाली झ्याप्सी
हिमाली झ्याप्सी

साना खाले दर्जनौं चरा घरी यो रुखको हाँगो, घरी अर्को रुखको हाँगोमा बस्दै उड्दै गरेका देखिए । केही चरा भुइँमा झरेर किरा फट्याङ्ग्रा टिप्दै थिए । केही गाउँको गहुँबालीमाथि उड्दै आहार समाउँदै थिए । गहुँबालीबाट टिपेको आहारा बिजुलीको तारमा बसेर निल्थे ।

सुन्तले टाउके कालो तितु
सुन्तले टाउके कालो तितु

शरीर हल्का निलो रङ को देखिने ‘निलतुथो अर्जुनक’ चरा गहुँबालीमा कावा खेल्दै थियो । ‘सुन्तले टाउके कालो तितु' भुइँमा आहारा खोजिरहेको भेटिन्थ्यो । अरू थुप्रै चरा चिरबिर गर्दै उड्दै गरेका थिए । पखेटा गाढा निलो भएको ‘निलतभा’ चरा सानो हाँगोमा तुलनात्मक शान्त भएर बसेको थियो । ‘हिमाली झ्याप्सी’ उत्तिकै चञ्चल थियो । खैरो रङको ‘सानो हजरा चाँचर’ पोथी चरा भेटियो । यो झ्याम्म परेको हाँगाभित्र निकै शान्तसँग बसेको थियो ।

सानो हजरा चाँचर
सानो हजरा चाँचर

चरा संरक्षणकर्मी कृष्ण भुसालले ‘सानो हजरा चाँचर’ बसाइँ सरेर आउने गृष्मकालीन आगन्तुक चरा भए पनि तस्बिर खिचेका अरु चरा रैथाने भएको बताए । चितवनका अर्का चरा संरक्षणकर्मी बासु बिडारीले भने चिन्ता जाहेर गरे । 'यी चराहरुको संख्या हेर्दा चिन्ता मान्नुपर्ने अवस्था छैन । संरक्षणका प्रयास कायम नराखे खतरामा पर्न सक्छन्,' उनले भने ।

निलतुथो अर्जुनक
निलतुथो अर्जुनक

जिरी आदिवासी जिरेल समुदायको मुख्य बसोबास क्षेत्र हो । जिरी नामाकरण जिरेल भाषाबाटै भएको हो भन्छन् नेपाल जिरेल संघका केन्द्रीय अध्यक्ष हिरा जिरेल । उनका अनुसार ‘जिग’ भनेको डरलाग्दो वन्यजन्तु र ‘री’ भनेको घना जंगल हो । ‘जिग’, ‘जिगरी’ हुँदा हुँदै यो ठाउँको नाम कालान्तरमा जिरी रहेको आफ्ना पिता र्खाहरुले सुनाएको इन्जिनियरसमेत रहेका जिरेलले बताए । ‘जिग’ अर्थात् डरलाग्दा वन्यजन्तु सायद जिरीमा नहोलान् । न यहाँ पहिलाको जस्तो ‘री’ अर्थात् घना जंगल नै त्यत्ति छ । तर जे छ ती जंगलमा स–साना चराको चिरिबिरी कायम छ ।

निलतुथो अर्जुनक
निलतुथो अर्जुनक
Colorful birds in the Chimal forest [Photos]
Colorful birds in the Chimal forest [Photos]
Colorful birds in the Chimal forest [Photos]
Colorful birds in the Chimal forest [Photos]

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully