There is not as much 'ri', or dense forest, in Jiri as there used to be, but what is there is; the chirping of small birds continues in that forest.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
This season, the mountainsides of Jiri are in bloom. Not red, but white. Which the locals call 'Chimal'.
जिरी नगरपालिका–६ मा त गुराँस पार्क नै छ । जिरी जाने मूल सडकबाट ६ किलोमिटरमाथि थुम्कामा गुराँस फुलेका रुख प्रशस्तै छन् । सेतो गुराँससँगै राता गुराँस पनि छिटपुट देखिन्छन् । पार्कबीचमा सानो पोखरी पनि छ । जिरी बजारकै आडमा छ गुम्बा । सो गुम्बा हुँदै उकालो जंगल क्षेत्र आउँछ । जिरी–४ को बोत्ले गाउँ आडको यो वन क्षेत्रमा अनेकौं चराको चिरबिर आवाज सुन्न पाइन्छ ।
साना खाले दर्जनौं चरा घरी यो रुखको हाँगो, घरी अर्को रुखको हाँगोमा बस्दै उड्दै गरेका देखिए । केही चरा भुइँमा झरेर किरा फट्याङ्ग्रा टिप्दै थिए । केही गाउँको गहुँबालीमाथि उड्दै आहार समाउँदै थिए । गहुँबालीबाट टिपेको आहारा बिजुलीको तारमा बसेर निल्थे ।
शरीर हल्का निलो रङ को देखिने ‘निलतुथो अर्जुनक’ चरा गहुँबालीमा कावा खेल्दै थियो । ‘सुन्तले टाउके कालो तितु' भुइँमा आहारा खोजिरहेको भेटिन्थ्यो । अरू थुप्रै चरा चिरबिर गर्दै उड्दै गरेका थिए । पखेटा गाढा निलो भएको ‘निलतभा’ चरा सानो हाँगोमा तुलनात्मक शान्त भएर बसेको थियो । ‘हिमाली झ्याप्सी’ उत्तिकै चञ्चल थियो । खैरो रङको ‘सानो हजरा चाँचर’ पोथी चरा भेटियो । यो झ्याम्म परेको हाँगाभित्र निकै शान्तसँग बसेको थियो ।
चरा संरक्षणकर्मी कृष्ण भुसालले ‘सानो हजरा चाँचर’ बसाइँ सरेर आउने गृष्मकालीन आगन्तुक चरा भए पनि तस्बिर खिचेका अरु चरा रैथाने भएको बताए । चितवनका अर्का चरा संरक्षणकर्मी बासु बिडारीले भने चिन्ता जाहेर गरे । 'यी चराहरुको संख्या हेर्दा चिन्ता मान्नुपर्ने अवस्था छैन । संरक्षणका प्रयास कायम नराखे खतरामा पर्न सक्छन्,' उनले भने ।
जिरी आदिवासी जिरेल समुदायको मुख्य बसोबास क्षेत्र हो । जिरी नामाकरण जिरेल भाषाबाटै भएको हो भन्छन् नेपाल जिरेल संघका केन्द्रीय अध्यक्ष हिरा जिरेल । उनका अनुसार ‘जिग’ भनेको डरलाग्दो वन्यजन्तु र ‘री’ भनेको घना जंगल हो । ‘जिग’, ‘जिगरी’ हुँदा हुँदै यो ठाउँको नाम कालान्तरमा जिरी रहेको आफ्ना पिता र्खाहरुले सुनाएको इन्जिनियरसमेत रहेका जिरेलले बताए । ‘जिग’ अर्थात् डरलाग्दा वन्यजन्तु सायद जिरीमा नहोलान् । न यहाँ पहिलाको जस्तो ‘री’ अर्थात् घना जंगल नै त्यत्ति छ । तर जे छ ती जंगलमा स–साना चराको चिरिबिरी कायम छ ।
![Colorful birds in the Chimal forest [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/birds-1642026123230-1000x0.jpg&w=1001&h=0)
![Colorful birds in the Chimal forest [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/seto-guransjiri-gunrash-park3-1642026120559-1000x0.jpg&w=1001&h=0)



