काठमाडौँ — जेन–जी आन्दोलन, ऐतिहासिक निर्वाचनसँगै रास्वपाको उदय, सामाजिक–आर्थिक–सांस्कृतिक रूपान्तरणका लागि भएका विभिन्न आन्दोलनहरू र प्राकृतिक विपत्तिसँग जुध्दै वर्ष २०८२ समाप्त हुँदैछ । वर्ष २०८२ नेपालका लागि केवल पात्रो फेरिने वर्ष मात्र रहेन । यही वर्ष अप्रत्याशित रूपमा सत्तापलट भयो भने डिजिटल युगको आँधीसँगै नयाँ शक्ति सत्तामा उक्लियो । वर्ष २०८२ लाई नेपालको आधुनिक इतिहासकै सबैभन्दा निर्णायक वर्षमध्ये एक बन्यो । कान्तिपुरका फोटो पत्रकारले कैद गरेका वर्ष २०८२ लाई सम्झाउने १२ उत्कृष्ट तस्बिरहरू :
विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने क्रममा ३ वैशाखमा प्रदर्शनको १५ औं दिनका दिन बिजुलीबजार क्षेत्रमा प्रदर्शन र र्यालीमा निस्किएका शिक्षकहरु । तस्बिर : दीपक केसी/कान्तिपुर
सरकारले आउँदो बजेट भाषणमा विद्युतीय सवारीमा अतिरिक्त कर थप्ने हल्लाले रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्रिएर भन्सार महसुलका लागि चोभारस्थित सुख्खा बन्दरगाहमा थुप्रिएका विद्युतीय सवारी साधनको ८ जेठमा खिचिएको तस्बिर । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर
२४ असारमा भोटेकोशीमा आएको भीषण बाढीले रसुवागढी नाकामा रहेको नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको थियो । तस्बिरः अंगद ढकाल/कान्तिपुर
अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरुलाई ६ असोजमा राष्ट्रपति निवासमा राष्ट्रपति रामचन्द्र पौडेल पद तथा गोपनीयताको शपथ खुवाउँदै । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर
१३ मंसिरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एनपीएलको दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच फ्लडलाइटमा खेलाइएको खेलको ड्रोनबाट खिचिएको तस्बिर । तस्बिर: हेमन्त श्रेष्ठ/कान्तिपुर
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत काठमाडौं–तराई/मधेश द्रूत मार्गमा निर्माणाधीन लेनडाँडा सुरुङ र उक्त क्षेत्रमा निर्माणको काम गर्दै कामदारहरुको २५ पुसमा खिचिएको तस्बिर । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर
२५ पुसमा प्रसिद्ध बलिउड अभिनेता सञ्जय दत्त पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाँदै । तस्बिर : सुर्याम्स उप्रेती/कान्तिपुर
२५ माघमा भारतको मुम्बईस्थित वांखडे स्टेडियममा नेपाल र इंग्ल्यान्डबीचको खेलमा ब्याटिङ गर्दै नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर
चैत १३ गते नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रपतिको कार्यालय, शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आफ्नो पद तथा गोयनीयताको शपथ ग्रहणपछि बधाई दिएर अँगालो हाल्दै पूर्वप्रधानमन्त्री सुशीला कार्की । तस्बिरः अंगद ढकाल/कान्तिपुर
१४ चैतमा गुन्डुबाट पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्षलाई स्वास्थ्य जाँचका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिँदै । तस्बिर : सुर्याम्स उप्रेती/कान्तिपुर
२७ चैतमा भक्तपुरस्थित तौमढी परिसरमा भैरवको रथ तानेर बिस्का जात्रा सुरु गरिँदै । जात्रा ८ रात ९ दिनसम्म मनाइन्छ । तस्बिर : अंगद ढकाल/कान्तिपुर