जमरा राख्ने, हातमा बत्ती लिने र पञ्चेबाजाको तालमा वाख्यै ह्वा भन्दै मन्दिर परिक्रमा गदै खुल्ला चौरमा तरबार नचाउने प्रचलन रहेको छ ।
पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादीमा ४३ वर्षदेखि चैते दशैको अष्टमीका दिन सराय नाच निकालिँदै आएको छ । २०३९ सालमा मैनादीको कान्ता आश्रमनजिकै समीको रुख ढलेको र आफैं विश्वासमा सुरुवात गरिएको चैते सराय अहिलेसम्म निरन्तर छ ।
सांस्कृतिक एवं धार्मिक मान्यतासँग गाँसिएको सराय दसैंघर तथा देवीको मन्दिर तथा कोतघरमा निकालिएको हो । दियो र जमरा, पञ्चेबाजा, हातहतियारसहित चैते सराय निकालिन्छ । रिब्दीकोट गाउँपालिकाको मैनादीस्थित देवीको मन्दिरमा राखिएका तरबार र खुँडा नचाउँदै सराय नाचिएको कान्ताआश्रम पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष जगदीश नेपालले बताए । ‘पछिल्लो समय बसाइँसराइ साथै युवाको विदेश पलायनले पहिले जस्तो सहभागिता छैन,’ नेपालले भने, ‘तर पुनः संस्कृति परम्परालाई जोगाउनुपर्छ भन्ने मान्यता अहिले बढेको छ ।’
कतिपय देवीका मन्दिरमा स्थानीय बासिन्दाले पूजाआजा गर्ने, रमाइलो गर्नुका साथै बडादसैं र चैते दसैंमा दुई पटक सराय नाच नाच्ने गरिन्छ । यहाँ भने चैते दसैंमा मात्र सराय नाचिने गरेको स्थानीय डुलबहादुर कुँवरले बताए । उनका अनुसार मैनादीको कान्ता आश्रममा ठूलो समीको रुख ढलेको र अर्को दिन रुख उठेको धार्मिक विश्वास यस क्षेत्रमा रहेकाले चैते दसैंमा सराय निकाल्ने प्रचलन भएको हो ।
![Chaite Sarai continuously for 43 years [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/palpa-saraye-chait-7-2732026064705-1000x0.jpg&w=1001&h=0)
![Chaite Sarai continuously for 43 years [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/palpa-saraye-chait-19-2732026064824-1000x0.jpg&w=1001&h=0)
![Chaite Sarai continuously for 43 years [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/palpa-saraye-chait-16-2732026064802-1000x0.jpg&w=1001&h=0)