A Kakakul easily swallowed a snake [Photos]

The scene of a kakakul catching a ground snake, wrapping it in his paws, and swallowing it alive from the head was captured on camera on Wednesday morning.

Chaitra 4, 2082

Ramesh Kumar Paudel

A Kakakul easily swallowed a snake [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The crested serpent eagle is called Kakakul in Nepali. It can easily swallow a snake whole. The scene of it grabbing a snake on the ground, holding it in its claws and swallowing it alive from the head was captured on camera on Wednesday morning.

A Kakakul easily swallowed a snake [Photos]

अमलटारी पूर्वमा छन् चारवटा मध्यवर्ती सामुदायिक वन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा पर्ने अमलटारी पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य बनेको छ ।

A Kakakul easily swallowed a snake [Photos]

निकुञ्ज र नारायणी नदी आडमा रहेको अमलटारी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को डण्डा बजारबाट दक्षिणमा पर्दछ । अमलटारी आएकाहरु जिप सफारी गर्दै चारवटा मध्यवर्ती सामुदायिक वन फन्को लगाउँछन् । यो क्षेत्रमा बाघ देख्न सकिन्छ । गैंडा, चीत्तल, लगुना र मयुर जस्ता जीव जनावर पन्क्षीहरु प्रशस्तै छन् यहाँ । सर्पेन्ट इगल पनि धेरै नै छन् ।

A Kakakul easily swallowed a snake [Photos]

सफारीको जिपको अघिल्लो भागमा बसेका नेचर गाइड सुदन लम्सालले सफारीबाट फर्कँदै गर्दा कृष्णसागर मध्यवर्ती सामुदायिक वनमा भुइँमा बसेको काकाकुल देखे । उनलाई लाग्यो काकाकुलले सर्प समाएको छ । जिप रोकेर हेर्न लाग्दा काकाकुल उडेर रुखमा गयो । नभन्दै उसको पञ्जाले एउटा सर्प अँठ्याएको थियो । जुन ज्युँदै थियो र चल्दै बटारिँदै गरेको थियो ।

A Kakakul easily swallowed a snake [Photos]

ठूलो रुखको माथिल्लो हाँगामा बसेर काकाकुलले धेरै बेर सर्पलाई अँठ्याएरै राख्यो । सर्प चलेको चल्यै गर्‍यो । तर, पञ्जाबाट उम्कन सकेन । केही बेरपछि काकाकुलले टाउको तर्फबाट सर्प निल्न सुरु गर्‍यो । ज्यान र पुच्छर चलाउँदै गरेको सर्पलाई सार्पेन्ट इगल अर्थात् काकाकुलले सर्लक्कै निल्यो र एक पटक मज्जाले ‘आँ’ गर्‍यो । जंगलमा यस्तो दुर्लभ दृश्य देखाएकोमा सुदनलाई सबैले धन्यवाद दिए ।

A Kakakul easily swallowed a snake [Photos]

चराका बारेमा जानकार रहेका टीका गिरी चितवन सौराहाको संस्था बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष हुन् । गिरीले मुख्य आहाराका रुपमा काकाकुलले साना ठूला खाले सर्प खाने गरेको बताए । ‘अजिङ्गरको बच्चा पनि खाएको मैले नै देखेको छु,’ गिरीले भने । काकाकुलले समात्न सक्ने सबै सर्पको सिकार गर्ने उनले बताए । साना सर्प सर्लक्क निल्छ । ठूलालाई चिरेर चुँडालेर खाने गरेको उनले बताए ।

A Kakakul easily swallowed a snake [Photos]

चिल प्रजातिमा पर्ने काकाकुलले आकाशबाट परेको पानी मात्रै खाने गर्छ भन्ने भनाइ नेपाली समाजमा निकै चर्चित छ । तर, यो सत्य नभएको गिरीले बताए । उनले भने, ‘यसले खोलामा गएर पानी खाएको देखेको छु ।’ नेपालको तराई भेगमा यो चरा पाइन्छ । महाभारतको खोँचमा पनि गुँड लगाएको भेटिएको गिरीले सुनाए । काकाकुलको संख्या राम्रो छ । तर, चरा संरक्षणमा भने लगातार लाग्नु पर्दछ भन्छन् गिरी । सबै तस्बिर : रमेशकुमार पौडेल/कान्तिपुर

Ramesh

Link copied successfully