‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

युवा भन्छन् : 'कलमले लेखेको सत्यलाई कैँचीले नकाट', 'ट्रुथ मस्ट प्रिभेल', 'लाल, रायमाझी, मल्लिक र कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ?'

चैत्र १, २०८२

अंगद ढकाल

Protest at Maitighar demanding 'Make the Karki Commission report public'

काठमाडौँ — 'भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२' को प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार युवाहरूको टोलीले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । जेन-जी अभियन्ता रक्षा बम, माजिद अन्सारीलगायतको समूहले प्रदर्शन गरेको हो ।

Protest at Maitighar demanding 'Make the Karki Commission report public'

'कलमले लेखेको सत्यलाई कैँचीले नकाट', 'ट्रुथ मस्ट प्रिभेल', 'लाल, रायमाझी, मल्लिक र कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ?' नारासहितका प्लेकार्ड प्रदर्शनमा बोकिएको थियो ।

Protest at Maitighar demanding 'Make the Karki Commission report public'

भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो । मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले आइतबार बिहान सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाइसकेको छ ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully