इनिशाको न्यायका लागि निरन्तर प्रदर्शन [तस्बिरहरू]

बिहीबार जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल र वैज्ञानिक समाजवादी संगठन, नेपाल, गुर्भाकोटका युवाहरूलगायतले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

फाल्गुन २८, २०८२

दीपक केसी

Continued protests for justice for Inisha [Photos]

काठमाडौँ — वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै काठमाडौंमा निरन्तर प्रदर्शन छ । बिहीबार जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल र वैज्ञानिक समाजवादी संगठन, नेपाल, गुर्भाकोटका युवाहरूलगायतले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

Continued protests for justice for Inisha [Photos]

प्रदर्शनमा 'महिला शोषणविरुद्ध एक हौँ', 'सत्ताहरू फेरिरहन्छन्, दलितहरू मरिरहन्छन्', 'बलात्कारीलाई कारबाही गर्', 'जात व्यवस्था मुर्दावाद', 'पितृसत्ता मुर्दावाद' लगायतका नारासहितका प्लेकार्ड बोकिएको थियो ।

Continued protests for justice for Inisha [Photos]

गत फागुन २३ गते शनिबार बिहान ‘प्रयोगात्मक छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन्। उनीसँगै रहेका वीरेन्द्रनगर–९ का अनमोल गौलीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो।

Continued protests for justice for Inisha [Photos]

मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्न भएको आशंकामा गौलीसहित थप चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

Continued protests for justice for Inisha [Photos]
Continued protests for justice for Inisha [Photos]
Continued protests for justice for Inisha [Photos]
Continued protests for justice for Inisha [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully