दाउन्नेमा ९ घण्टादेखि सवारी जाम

सवारी साधनको जामले दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न ६ घन्टाभन्दा बढी समय लाग्ने गरेको छ ।

फाल्गुन २५, २०८२

नवीन पौडेल

Traffic jam in Daunne for 9 hours

परासी — सडक हिलाम्मे भएर यातायात सञ्चालनमा असहज भएपछि पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा आइतबार बिहानदेखि सवारी जाम भइरहेको छ । हिलोका कारण सडकमा ठूला सवारी साधन उकालो उक्लन नसकेपछि जाम भएको हो । जसको कारण यात्रु घन्टौंसम्म जाममा बस्नु परेको छ । बुटवल-नारायणगढ सडक विस्तारको क्रममा दाउन्ने खण्डमा सडक ढलान भइरहेको छ । यस खण्डमा यात्रुले ७ वर्षदेखि समस्या भोग्दै आएका छन् । जिल्ला ट्राफिक प्रहरी निरीक्षक कुशल बर्तौलाका अनुसार हिलाेका कारण राजमार्ग चिप्लो भएर बिहान ७ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । केही बेरअघि पानी पर्न रोकिएपछि एकतर्फी सवारी सञ्चालन भैरहेको उनले बताए । सवारी साधनको जामले दाउन्ने खण्डको १४ किलोमिटर पार गर्न ६ घन्टाभन्दा बढी समय लाग्ने गरेको छ । पूर्व-पश्चिम राजमार्गमा यात्रा गरिरहेक सयौं यात्रु र सवारी साधन दुम्कीवास र बर्दघाटमा रोकिएका छन् ।

Traffic jam in Daunne for 9 hours
Traffic jam in Daunne for 9 hours
Traffic jam in Daunne for 9 hours

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully