मंगलबार चन्द्र ग्रहण लागेको र खरो बार परेको भन्दै तराई मधेशका बासिन्दाले हिजो होली नमनाएर आज मनाएका हुन् ।
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको एक दिनअघि आज तराई मधेशमा होली मनाइएको छ । मंगलबार चन्द्र ग्रहण लागेको र खरो बार परेको भन्दै तराई मधेशका बासिन्दाले हिजो होली नमनाएर आज मनाएका हुन् । सामान्यतया पहाडी भेगमा होली मनाएको भोलिपल्ट तराईमा हाली मनाइन्थ्यो । यसैक्रममा वीरगन्जमा आज होली मनाउँदै सर्वसाधारण ।
