मत हाल्न घर फर्किनेहरूको जुडीबुटी क्षेत्रमा भीड [तस्बिरहरू]

उपत्यका छाड्नेहरुको भीड जडीबुटी क्षेत्रमा पनि देखिएको छ। विशेषगरि पूर्वी क्षेत्रका मतदाताहरू जडीबुटी क्षेत्र हुँदै गन्तव्य जाने गर्दछन्।

फाल्गुन १९, २०८२

अंगद ढकाल, दीपक केसी

Crowds of returning voters gather in Judibuti area [Photos]

काठमाडौँ — फागुन २१ गतेको प्रतिनिधि सभा चुनावमा मतदान गर्न काठमाडौं उपत्यका छाडेर विभिन्न जिल्ला जानेको संख्या दैनिक बढ्दो छ । केही दिनयता यात्रुको सबैभन्दा बढी भीड गोंगबुस्थित नयाँ बसपार्कमा लाग्दै आएको छ । त्यस्तै चावहिल, कोटेश्वर, कलंकी, बल्खु र बालाजुमा पनि उपत्यकाबाट बाहिरिने यात्रु र सवारीको चाप बढी छ ।

Crowds of returning voters gather in Judibuti area [Photos]

नयाँ बसपार्कबाट आइतबार मात्र ४ सय ८० वटा माइक्रो र यात्रुवाहक बस बाहिरिएका छन् । आइतबार र सोमबार सवारी चापले नागढुंगा–नौबिसे र बीपी राजमार्गमा घण्टौं ट्राफिक जाम भएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार फागुन १० देखि १७ गतेसम्म आठ दिनमा उपत्यकाबाट ३ लाख ५३ हजार ४६ यात्रु बाहिरिएका छन् ।

Crowds of returning voters gather in Judibuti area [Photos]

उपत्यका छाड्नेहरुको भीड जडीबुटी क्षेत्रमा पनि देखिएको छ। विशेषगरि पूर्वी क्षेत्रका मतदाताहरू जडीबुटी क्षेत्र हुँदै गन्तव्य जाने गर्दछन्। जिप, मिनिबस, माइक्रो र यात्रुबस रिजर्भ गरेर जाने धेरै छन्। यले मंगलबार बिहानै जडीबुटी क्षेत्रमा ट्राफिक जाम देखिएको छ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully