१५ वर्ष अघिसम्म पाँचथरमा मात्रै दर्जन हाराहारी भेडागोठ थिए । त्यो संख्या घटेर अहिले २ वटामा सीमित भएको छ ।
पाँचथर — साउन दोस्रो साता सिक्किम र पश्चिम बंगालसँगको सिमावर्ती क्षेत्र तीन सिमानानजिक गोसा भन्ने स्थानबाट ओर्लन थालेको भेडीगोठ अहिले पाँचथरको फालेलुङ गाउँपालिका २ जरिङ्गे नजिकै पात्ले चोकमा आइपुगेको छ ।
२०–२५ गर्भवती, त्यत्तिकै संख्यामा दुहुना अनि ३० हाराहारीमा साना पाठापाठी सँगै विभिन्न छिमलका तीन सय बडी भेडासहित यहाँ आइपुगेको गोठ अब याङवरक गाउँपालिकाको ओयाम र थर्पु चहार्दै फागुन लागेपछि उकालो लाग्नेछ ।
भेडाका पाठापाठी प्रतिगोटा १५ देखि ३० हजारसम्ममा बिक्छन् । यो दुध, घीऊ र मासुका लागि उपयोगि मानिन्छ । भेडाको घीऊ ३ हजार रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको अर्का भेडापालक सन्तविर राई बताँउछन् ।
![Sheep grazing [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/kharka-cahardai-bhedi-goth-1-0722026121542-1000x0.jpg&w=1001&h=0)
![Sheep grazing [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/kharka-cahardai-bhedi-goth-17-0722026121536-1000x0.jpg&w=1001&h=0)
![Sheep grazing [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/kharka-cahardai-bhedi-goth-19-0722026121532-1000x0.jpg&w=1001&h=0)