घमाइलो मनाङ [तस्बिरहरू]

ङिस्याङ गाउँपालिका-८, मनाङ गाउँका सगर गुरुङले हिउँ टल्किने गरी घाम लागेको बताए । ‘घरको छानोमा जमेको हिउँ फालेर सकियो । अहिले मज्जाले घाम लागेको छ,’ उनले भने ।

माघ १५, २०८२

आश गुरुङ

Sunny Manang [Photos]

लमजुङ — हिमाली जिल्ला मनाङको माथिल्लो भेगमा बुधबार साँझसम्म हिउँ पर्‍यो । पश्चिमी न्यून चापीय प्रणालीले देशका धेरै ठाउँमा वर्षा र माथिल्लो क्षेत्रमा हिमपात गरायो । मंगलबार साँझदेखि सक्रिय यो प्रणाली बुधबार साँझबाट बाहिरिएसँगै हिमपात भएको क्षेत्र माथिल्लो मनाङ घमाइलो बनेको छ ।

Sunny Manang [Photos]

अन्नपूर्ण पदयात्रामा निस्किएका पर्यटक अहिले गन्तव्यमा पुग्न थालेका छन् । स्थानीय घरको छानामा जमेको हिउँ फाल्दै, घाम ताप्दैछन् । मनाङ ङिस्याङ गाउँपालिका-८, मनाङ गाउँका सगर गुरुङले हिउँ टल्किने गरी घाम लागेको बताए । ‘घरको छानोमा जमेको हिउँ फालेर सकियो । अहिले मज्जाले घाम लागेको छ,’ उनले भने । उनका अनुसार चैत/वैशाख गहुँ र आलु रोप्ने बेला हो । अहिलेको हिउँले मज्जासँग जमिन भिज्ने र जमसनभित्र छिरेपछि पछिलाई काम लाग्ने उनले बताए ।

Sunny Manang [Photos]

माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टंकी मनाङ गाउँ, घ्यारु, ङावल, हुम्डे लगायत गाउँ हिउँले सेताम्य बनेका छन् । घाम लागेपछि ती गाउँहरू घमाइलो देखिएका छन् । हिउँ भने कतै कतै एक/दुई फिट नै जमेको उनले बताए ।

Sunny Manang [Photos]

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार अहिले घाम लागेको छ । हिमपात रोकिएपछि १७ जना पर्यटक थोराङ्ला पासका लागि गएको उनले बताए । ‘हिमपातको सम्भावना कम भयो । हिउँ पग्लिने क्रममा छ । सके जान्छौं, नसके फर्किन्छौं भनेर पर्यटक गए । उनीहरूसँग नेपाली पथ प्रदर्शक र भरियाहरू पनि छन्,’ उनले भने । उनका अनुसार पर्यटकलाई सतर्कताका साथ जान अनुरोध गरिएको छ । हिउँमा हिँड्न मिल्ने अवस्थामा उनीहरू बिहीबार याकखर्क वा लेदर पुग्नेछन् । शुक्रबार थोराङ्ला फेदी पुग्नेछन् । शनिबार थोराङ्ला पास गर्नेछन् । 

Sunny Manang [Photos]

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार माथिल्लो मनाङसम्मको सडक अवरुद्ध छ । ‘हामी भ्राताङ आइपुग्यौं । यहाँबाट माथिल्लो क्षेत्रको अवस्थाबारे हामी गएपछिमात्रै थाहा हुन्छ,’ उनले भने । उनका अनुसार भ्राताङदेखि माथिल्लो मनाङसम्मको सडक अवरुद्ध छ । तर, बिहानैदेखि घाम लागेकाले हिउँ पग्लिने क्रममा छ । ‘बिहान सेना र प्रहरीले काम गरेको हो । हिउँ हटाउन ठूला मेसिनहरू आवश्यक छ,’ उनले भने । उनका अनुसार सुरक्षा समितिको सिंगो टिम, चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहितको टोली अनुगमनको क्रममा भ्राताङ पुगेको र माथिल्लो क्षेत्र जाने तयारीमा रहेका छन् ।

Sunny Manang [Photos]

यसअघि कात्तिक १० र ११ गते भएको हिमपातका कारण मनाङमा धनजनको क्षति भएको थियो । मंसिर र पुस महिनामा हिउँ परेन । यसपटक यसअघिको जस्तो हिमपात नभए पनि जोखिम भने कायम रहेको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए । उनका अनुसार अहिले पदयात्रामा मानिसहरू पनि कम छन् । यसले पनि जोखिम कम छ ।

Sunny Manang [Photos]
Sunny Manang [Photos]
Sunny Manang [Photos]
Sunny Manang [Photos]
Sunny Manang [Photos]
Sunny Manang [Photos]
Sunny Manang [Photos]
Sunny Manang [Photos]

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully