Sagar Gurung of Manang Village, Ngisyang Rural Municipality-8, said that the sun was shining so brightly that the snow was sparkling. ”We finished by throwing the snow that had accumulated on the roof of our house. Now the sun is shining brightly,” he said.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
The upper reaches of the Himalayan district of Manang received snowfall till Wednesday evening. A western low-pressure system brought rain and snowfall in many parts of the country. The system, which was active since Tuesday evening, moved out of the area where the snowfall occurred on Wednesday evening, making Upper Manang sunny.
अन्नपूर्ण पदयात्रामा निस्किएका पर्यटक अहिले गन्तव्यमा पुग्न थालेका छन् । स्थानीय घरको छानामा जमेको हिउँ फाल्दै, घाम ताप्दैछन् । मनाङ ङिस्याङ गाउँपालिका-८, मनाङ गाउँका सगर गुरुङले हिउँ टल्किने गरी घाम लागेको बताए । ‘घरको छानोमा जमेको हिउँ फालेर सकियो । अहिले मज्जाले घाम लागेको छ,’ उनले भने । उनका अनुसार चैत/वैशाख गहुँ र आलु रोप्ने बेला हो । अहिलेको हिउँले मज्जासँग जमिन भिज्ने र जमसनभित्र छिरेपछि पछिलाई काम लाग्ने उनले बताए ।
माथिल्लो मनाङको खाङसार, मनाङ गाउँ, टंकी मनाङ गाउँ, घ्यारु, ङावल, हुम्डे लगायत गाउँ हिउँले सेताम्य बनेका छन् । घाम लागेपछि ती गाउँहरू घमाइलो देखिएका छन् । हिउँ भने कतै कतै एक/दुई फिट नै जमेको उनले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार अहिले घाम लागेको छ । हिमपात रोकिएपछि १७ जना पर्यटक थोराङ्ला पासका लागि गएको उनले बताए । ‘हिमपातको सम्भावना कम भयो । हिउँ पग्लिने क्रममा छ । सके जान्छौं, नसके फर्किन्छौं भनेर पर्यटक गए । उनीहरूसँग नेपाली पथ प्रदर्शक र भरियाहरू पनि छन्,’ उनले भने । उनका अनुसार पर्यटकलाई सतर्कताका साथ जान अनुरोध गरिएको छ । हिउँमा हिँड्न मिल्ने अवस्थामा उनीहरू बिहीबार याकखर्क वा लेदर पुग्नेछन् । शुक्रबार थोराङ्ला फेदी पुग्नेछन् । शनिबार थोराङ्ला पास गर्नेछन् ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार माथिल्लो मनाङसम्मको सडक अवरुद्ध छ । ‘हामी भ्राताङ आइपुग्यौं । यहाँबाट माथिल्लो क्षेत्रको अवस्थाबारे हामी गएपछिमात्रै थाहा हुन्छ,’ उनले भने । उनका अनुसार भ्राताङदेखि माथिल्लो मनाङसम्मको सडक अवरुद्ध छ । तर, बिहानैदेखि घाम लागेकाले हिउँ पग्लिने क्रममा छ । ‘बिहान सेना र प्रहरीले काम गरेको हो । हिउँ हटाउन ठूला मेसिनहरू आवश्यक छ,’ उनले भने । उनका अनुसार सुरक्षा समितिको सिंगो टिम, चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहितको टोली अनुगमनको क्रममा भ्राताङ पुगेको र माथिल्लो क्षेत्र जाने तयारीमा रहेका छन् ।
![Sunny Manang [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ghamailo-manangmanang-3-2912026105310-1000x0.jpg&w=1001&h=0)
![Sunny Manang [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ghamailo-manangmanang-15-2912026105358-1000x0.jpg&w=1001&h=0)
![Sunny Manang [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ghamailo-manangmanang-14-2912026105353-1000x0.jpg&w=1001&h=0)
![Sunny Manang [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ghamailo-manangmanang-13-2912026105350-1000x0.jpg&w=1001&h=0)
![Sunny Manang [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/ghamailo-manangmanang-12-2912026105345-1000x0.jpg&w=1001&h=0)