The lush green Kaule Hills [Photos]

From Kauledanda in Jhirubas, you can enjoy views of the mountains, hills, and Terai, along with the Amliso orchard, all from one place.

Magh 15, 2082

Madhav Aryal

The lush green Kaule Hills [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The election atmosphere is heating up in the city market. Candidates are busy meeting voters. Farmers in Nisdi Rural Municipality of Palpa are in a hurry to collect the broom of cash crop Amliso (Amriso).

The lush green Kaule Hills [Photos]

माघको दोस्रो साता सुरु भएसँगै निजी तथा कबुलियती वनमा अम्लिसको कुचो टिप्ने, त्यसलाई सुकाउने, संकलन गर्ने र बिक्री गर्ने हतारो देखिन्छ । ‘पहिले पहिले १ सय २० रुपैयाँ किलोसम्म बिक्री गरियो,’ निस्दी–३, झिरुवासकी डिलमाया थापाले भनिन्, ‘अहिले बिचौलिया, व्यापारीहरु ४० रुपैयाँ किलोमा माग्न आएका छन् ।’ यसै वर्षको सुरुमा ५५ रुपैयाँ किलोमा माग आएको थियो । अहिले एकाएक व्यापारी तथा विचौलियाले ५०, ४५ हुँदै ४० रुपैयाँ किलोमा माग गरेको उनले बताइन् ।

The lush green Kaule Hills [Photos]

झिरुवास धार्केसिंका वीरबहादुर पाटाले सोझै बिक्री गर्न नपाएर यसरी भाउ घटाएको बताए । भैरहवातिरका व्यापारी झिरुवासलगायत निस्दीमा कुचो खरिद गर्न आउँछन् । ‘हामीलाई घाटा त हुने होइन,’ उनले भने, ‘तैपनि पहिला राम्रो आम्दानी हुन्थ्यो अहिले भाउ नपाएपछि कम आम्दानी हुने भयो ।’

The lush green Kaule Hills [Photos]

झिरुवासको काउलेडाँडाको एउटै क्लस्टरमा स्थानीयले ४० लाख अम्लिसो रोपेका छन् । हेर्दा इलामको चिया बगानजस्तै देखिन्छ । मित्याल, सहलकोट, ज्यामिरेमा पनि अम्लिसो निजी तथा कबुलियतमा लगाएका छन् । निस्दीकै अर्चलेको लेकडाँडामा पनि अम्लिसो बगान छ । कबुलियतीमा हुर्केपछि पछिल्लो समयमा निजीमा समेत उत्तिकै संख्यामा अम्लिसो लगाएको कबुलियती वनका अगुवा तथा काउलेडाँडा कबुलियती वन अन्तरसमूहका अध्यक्ष दमनबहादुर थापा पाटाले बताए । सहलकोट, झिरुवास, मित्याल, अर्चले, ज्यामिरेका विभिन्न स्थानमा वनमाराले भरिएका लोसेपोसे साथै निजी जग्गामा सामूहिक र व्यक्तिगत रुपमा लगाएको अम्लिसोको कुचो निकाल्ने र थन्क्याउने चटारो बढेको उनले बताए । कागज उद्योगले अम्लिसोको डाँठ लैजान्छन् भने गाईबस्तु, बाख्रापालन गर्न घाँसमा प्रयोग हुन्छ ।

The lush green Kaule Hills [Photos]

निस्दीबाट मात्रै एक सिजनमा ३ करोड बढीको कुचो निकासी हुने निस्दी सब डिभिजन कार्यालयका प्रमुख नन्दप्रसाद अधिकारीले बताए । ‘पहिलेजस्तो भाउ पाउने हो भने ५ करोडभन्दा बढीको आम्दानी हुने थियो,’ उनले भने, ‘भाउ नै पाउन छाडेको छ । त्यसैले समस्या किसानले खेपेका छन् ।’ उनका अनुसार झिरुवासस्थित काउलेडाँडाको अम्लिसो हेर्न आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । डाँडामा पुगेपछि अम्लिसोको बगानसँगै हिमाल, पहाड र तराईको दृश्यावलोकन एकै स्थानबाट गर्न सकिन्छ ।

The lush green Kaule Hills [Photos]

गाउँपालिकाले पर्यटकीयस्थलको रूपमा विकास गुरुयोजना बनाएर काम अघि बढाएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । उनका अनुसार काउलेडाँडा आन्तरिक पर्यटकको रोजाइ बनेको छ । कुनै समय वनमाराको झाडीले भरिएको काउलेडाँडामा २०६७ सालमा अम्लिसो खेती सुरु गरेपछि अहिले आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको हो ।

The lush green Kaule Hills [Photos]

झिरुवासका वडाध्यक्ष नवीन्द्र थापा सोतीका अनुसार अग्लो डाँडामा रहेकाले अम्लिसोको बगानसँगै यहाँबाट तराई, हिमाल र पहाड मज्जाले देख्न पाइने भएकाले पर्यटक आउने गरेका छन् । पाल्पाका विभिन्न स्थानका साथै नवलपुर, नवलपरासी, चितवन, स्याङ्जा, तनहुँ लगायतका जिल्लाबाट समेत समूहमा भ्रमणका लागि आउने गर्छन् । वनभोजका लागिसमेत आकर्षण स्थल बनेको छ । पर्यटकीय क्षेत्र भए पनि यहाँसम्म पुग्ने सडकको सहज पहुँच नहुँदा सास्ती खेप्नुपर्छ । काउलेडाँडामा २४६ हेक्टर क्षेत्रफलमा मानवश्रमबाट लगाइएको अम्लिसो छ ।

The lush green Kaule Hills [Photos]
The lush green Kaule Hills [Photos]
The lush green Kaule Hills [Photos]

Madhav

Link copied successfully