तेस्रो बर्ड फेयर : लुम्बिनीमा जुटे भुटानदेखि फिलिपिन्ससम्मका चराप्रेमी [तस्बिरहरू]

विदेशीका साथै कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाबाट २ सय बढी चराविद्, नेचर गाइड, वाइल्डलाइफ फोटोग्राफर र संरक्षणकर्मी लुम्बिनी आएका छन् ।

माघ १२, २०८२

मनोज पौडेल

Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]

लुम्बिनी — नेपालमा १९ प्रजातिका चरा संकटमा रहेको विशेषज्ञले बताएका छन् । सोमबार लुम्बिनीमा सुरु तेस्रो बर्ड फेयरका विज्ञले नेपालमा अहिलेसम्म अभिलेख भएका ९ सय ३ प्रजातिमध्ये १९ प्रजातिका चरा संकटमा परेको बताएका हुन् ।

Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]

वरिष्ठ चरा विशेषज्ञ डा. हेमसागर बरालले बर्ड फेयरमा पहिलो पटक चरा संरक्षण गर्ने उद्देश्यले संरक्षणकर्मी, चरविद्, नेचर गाइड, अनुसन्धानकर्मीहरूको भेला भएको बताए । बर्ड फेयरमा नेपालसमेत ताइवान, फिलिपिन्स, स्पेन, सिंगापुर, भुटान र भारत लगायतका संरक्षणकर्मी सहभागी छन् ।

Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]

'बोल्न नसक्ने चराका लागि हामी ऐक्यबद्ध भएका हौं,’ चराविद् बरालले भने, 'चरा संरक्षणमा समुदायको योगदान भुल्न हुैन ।’ उनका अनुसार ९ सय ३ प्रजातिका चरामध्ये १९ संकटग्रस्त, ७ प्रतिशत संकट निकट र २ प्रतिशतका बारेमा जानकारी नभएको बताए । नेपाल विश्वका चराको संगमस्थल भएको उनले बताए । 'चराहरूले राजनीतिक सीमा चिन्दैन,’ उनले भने, 'चराले बासस्थान मात्रै चिन्छन् ।’

Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]

कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयअन्तर्गत केन्द्रीय क्याम्पस प्रमुख दयानिधि गौतमले बुद्ध र चराका बारेमा प्रस्तुति दिएका थिए । बुद्धले घाइते राजहंशको उपचार गरेर चरा संरक्षणको सन्देश दिएको बताए । कार्यक्रमको एसियन बर्ड फेयर तथा वर्ल्ड बर्ड फेयर काउन्सिलका कार्यकारी निर्देशक भिक्कर यूले उदघाटन गरेका थिए ।

Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]

लुम्बिनीको आध्यात्मिकसँगै चरा र पर्यापर्यटनमा आकर्षण उजागर गर्ने उद्देश्यले सोमबारबाट कार्यक्रम सुरु भएको हो । पोखरा पंछी समाजद्वारा आयोजित बर्ड फेयर मंगलबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाबाट २ सय बढी चराविद्, नेचर गाइड, वाइल्डलाइफ फोटोग्राफर र संरक्षणकर्मी लुम्बिनी आएका छन् ।

Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]

बर्ड फेयरअन्तर्गत दुई स्थानमा कार्यक्रम गरिनेछ । विज्ञ, विशेषज्ञ, अनुसन्धानकर्मी, चराविद् र विद्यार्थीका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय सभा हलमा विभिन्न सात विषयमा एकेडेमिक सेसन, बर्ड सिम्पोजियम, छलफल र गोष्ठी भइरहेको छ ।

Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]

स्थानीय, विद्यार्थी र पर्यापर्यटनमा रुचि राख्नेलाई लुम्बिनीभित्र थाई भिजिटर सेन्टर र बेबी बुद्धनिर चराका विभिन्न स्टल राखिएको छ । त्यस्तै चरा फोटो प्रदर्शनी र बर्ड रेस (चरा चिन्ने) प्रतियोगिता पनि गरिएको छ । चरा प्रजाति, जैविक विविधता र चराका महत्वपूर्ण बासस्थानको संरक्षणका लागि सचेतना जगाउन कार्यक्रम गरिएको हो ।

Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]

स्थानीय समुदाय, विद्यार्थी, गाइड, अनुसन्धानकर्ता र संरक्षणसँग सम्बन्धित संघ/संस्थाबीच ज्ञान आदानप्रदान, सहकार्य र नेटवर्किङ गरेर चरा पर्यटनसंगै पर्या पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले बर्ड फेयर आयोजना गरिएको पोखरा पंछी समाजका अध्यक्ष तथा नेपाल बर्ड फेयर आयोजक कमिटी संयोजक मनशान्त घिमिरेले बताए ।

Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]

कार्यक्रममा मुलुकभरका पन्छीविद्, अनुसन्धानकर्ता र संरक्षणकर्मी सहभागी छन् । त्यस्तै भारत, भुटान, श्रीलंका, फिलिपिन्स, सिंगापुर, हङकङ र ताइवानबाट चरा संरक्षणमा क्रियाशील संघ/संस्था र टुर अपरेटर लिडर सहभागी छन् । फेयरमा बीटूबी कार्यक्रम पनि गरिनेछ । कार्यक्रमले लुम्बिनी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रमात्र नभएर चरा पर्यटनका लागि मुलुककै उत्कृष्ट स्थल भएको आकर्षण उजागर गर्ने नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरीले बताए । बर्ड फेयर लुम्बिनीको पर्यटन विकासका लागि कोसेढुंगा साबित हुने ग्रिन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले बताए ।

Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]
Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]
Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]
Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]
Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]
Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]
Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]
Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]
Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully