In addition to foreigners, more than 200 ornithologists, nature guides, wildlife photographers, and conservationists from various districts have come to Lumbini to participate in the program.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Experts have said that 19 species of birds are endangered in Nepal. Experts at the third Bird Fair, which began in Lumbini on Monday, said that 19 species of birds out of the 903 species recorded so far in Nepal are endangered.
वरिष्ठ चरा विशेषज्ञ डा. हेमसागर बरालले बर्ड फेयरमा पहिलो पटक चरा संरक्षण गर्ने उद्देश्यले संरक्षणकर्मी, चरविद्, नेचर गाइड, अनुसन्धानकर्मीहरूको भेला भएको बताए । बर्ड फेयरमा नेपालसमेत ताइवान, फिलिपिन्स, स्पेन, सिंगापुर, भुटान र भारत लगायतका संरक्षणकर्मी सहभागी छन् ।
'बोल्न नसक्ने चराका लागि हामी ऐक्यबद्ध भएका हौं,’ चराविद् बरालले भने, 'चरा संरक्षणमा समुदायको योगदान भुल्न हुैन ।’ उनका अनुसार ९ सय ३ प्रजातिका चरामध्ये १९ संकटग्रस्त, ७ प्रतिशत संकट निकट र २ प्रतिशतका बारेमा जानकारी नभएको बताए । नेपाल विश्वका चराको संगमस्थल भएको उनले बताए । 'चराहरूले राजनीतिक सीमा चिन्दैन,’ उनले भने, 'चराले बासस्थान मात्रै चिन्छन् ।’
कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयअन्तर्गत केन्द्रीय क्याम्पस प्रमुख दयानिधि गौतमले बुद्ध र चराका बारेमा प्रस्तुति दिएका थिए । बुद्धले घाइते राजहंशको उपचार गरेर चरा संरक्षणको सन्देश दिएको बताए । कार्यक्रमको एसियन बर्ड फेयर तथा वर्ल्ड बर्ड फेयर काउन्सिलका कार्यकारी निर्देशक भिक्कर यूले उदघाटन गरेका थिए ।
लुम्बिनीको आध्यात्मिकसँगै चरा र पर्यापर्यटनमा आकर्षण उजागर गर्ने उद्देश्यले सोमबारबाट कार्यक्रम सुरु भएको हो । पोखरा पंछी समाजद्वारा आयोजित बर्ड फेयर मंगलबारसम्म सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाबाट २ सय बढी चराविद्, नेचर गाइड, वाइल्डलाइफ फोटोग्राफर र संरक्षणकर्मी लुम्बिनी आएका छन् ।
बर्ड फेयरअन्तर्गत दुई स्थानमा कार्यक्रम गरिनेछ । विज्ञ, विशेषज्ञ, अनुसन्धानकर्मी, चराविद् र विद्यार्थीका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय सभा हलमा विभिन्न सात विषयमा एकेडेमिक सेसन, बर्ड सिम्पोजियम, छलफल र गोष्ठी भइरहेको छ ।
स्थानीय, विद्यार्थी र पर्यापर्यटनमा रुचि राख्नेलाई लुम्बिनीभित्र थाई भिजिटर सेन्टर र बेबी बुद्धनिर चराका विभिन्न स्टल राखिएको छ । त्यस्तै चरा फोटो प्रदर्शनी र बर्ड रेस (चरा चिन्ने) प्रतियोगिता पनि गरिएको छ । चरा प्रजाति, जैविक विविधता र चराका महत्वपूर्ण बासस्थानको संरक्षणका लागि सचेतना जगाउन कार्यक्रम गरिएको हो ।
स्थानीय समुदाय, विद्यार्थी, गाइड, अनुसन्धानकर्ता र संरक्षणसँग सम्बन्धित संघ/संस्थाबीच ज्ञान आदानप्रदान, सहकार्य र नेटवर्किङ गरेर चरा पर्यटनसंगै पर्या पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले बर्ड फेयर आयोजना गरिएको पोखरा पंछी समाजका अध्यक्ष तथा नेपाल बर्ड फेयर आयोजक कमिटी संयोजक मनशान्त घिमिरेले बताए ।
कार्यक्रममा मुलुकभरका पन्छीविद्, अनुसन्धानकर्ता र संरक्षणकर्मी सहभागी छन् । त्यस्तै भारत, भुटान, श्रीलंका, फिलिपिन्स, सिंगापुर, हङकङ र ताइवानबाट चरा संरक्षणमा क्रियाशील संघ/संस्था र टुर अपरेटर लिडर सहभागी छन् । फेयरमा बीटूबी कार्यक्रम पनि गरिनेछ । कार्यक्रमले लुम्बिनी शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रमात्र नभएर चरा पर्यटनका लागि मुलुककै उत्कृष्ट स्थल भएको आकर्षण उजागर गर्ने नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरीले बताए । बर्ड फेयर लुम्बिनीको पर्यटन विकासका लागि कोसेढुंगा साबित हुने ग्रिन युथ अफ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले बताए ।
![Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bird-fairmanoj-photo16-2612026010850-1000x0.jpg&w=1001&h=0)
![Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bird-fairmanoj-photo18-2612026011326-1000x0.jpg&w=1001&h=0)
![Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bird-fairmanoj-photo17-2612026011315-1000x0.jpg&w=1001&h=0)
![Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bird-fairmanoj-photo13-2612026011222-1000x0.jpg&w=1001&h=0)
![Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bird-fairmanoj-photo12-2612026011207-1000x0.jpg&w=1001&h=0)
![Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bird-fairmanoj-photo11-2612026011153-1000x0.jpg&w=1001&h=0)
![Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bird-fairmanoj-photo7-2612026011051-1000x0.jpg&w=1001&h=0)
![Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bird-fairmanoj-photo6-2612026011040-1000x0.jpg&w=1001&h=0)
![Third Bird Fair: Bird lovers from Bhutan to the Philippines gather in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/bird-fairmanoj-photo4-2612026011017-1000x0.jpg&w=1001&h=0)