हिमपातका कारण हिमाली भेगको जनजीवन प्रभावित भएको छ भने विभिन्न स्थानमा सडकमा अवरोध भएपछि यातायात अवरुद्धसमेत भएको छ ।
रुकुम पूर्व — शुक्रबार साँझदेखि पर्न थालेको हिउँदे झरीले हिमाली भेगमा हिमपात भएको छ । हिमपातपछि हिमाली भेगका बस्ती सेताम्ये भएका छन् । हिमपातका कारण हिमाली भेगको जनजीवन प्रभावित भएको छ भने विभिन्न स्थानमा सडकमा अवरोध भएपछि यातायात अवरुद्धसमेत भएको छ ।
यसैगरी रुकुम पूर्वका विभिन्न स्थानमा हिउँ पर्यो । बिहानसम्म सिस्ने, पुथा र चुरेन हिमालका साथसाथै यहाँका अग्ला पहाडी भेगहरू मैकोटदेखि बागलुङको सिमाना आसपासको क्षेत्र हिउँले ढाकियो ।
भूमे गाउँपालिका–१ पञ्चासेदेखि पाथीहाल्नेसम्मको मध्यपहाडी लोकमार्ग सडक खण्डमा बाक्लो हिउँ परेपछि शनिबार बिहानैदेखि दिउँसोसम्म सवारी आवागमन नै अवरुद्ध भयो । तर यही असहजताका बीचबाट पनि रुकुम पूर्व र बागलुङतर्फका सयौं मान्छेहरू हिउँमा रमाउन यहाँ पुगे ।
मौसममा आएको बदली र हिमपातका कारण लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वका हिमाली र उच्च पहाडी भेगमा चिसो बढेपनी हिउँ परेकोमा किसानहरूले खुसी व्यक्त गरेका छन् । यसले हिउँदे बाली सप्रिने र पशुपक्षीको स्वास्थ्य पनि राम्रो हुने मैकोटका रामप्रसाद पुन मगरले बताए । ‘हिउँदमा कम्तीमा एकपल्ट त हिउँ पर्नैपर्छ । तबमात्रै माटोमा ओसिलोपना बढ्छ अनि धुलोमैलो पनि कम भएर वस्तुभाउलाई हित हुन्छ,’ उनले भने ।
![Snow-covered mountain settlements [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/himpat-in-rkm-east-0821010-rkm-east1-2412026011147-1000x0.jpg&w=1001&h=0)
![Snow-covered mountain settlements [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/himpat-in-rkm-east-0821010-rkm-east13-2412026011207-1000x0.jpg&w=1001&h=0)
![Snow-covered mountain settlements [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/himpat-in-rkm-east-0821010-rkm-east12-2412026011206-1000x0.jpg&w=1001&h=0)
![Snow-covered mountain settlements [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/himpat-in-rkm-east-0821010-rkm-east11-2412026011204-1000x0.jpg&w=1001&h=0)