खिचरामा खाइन्छ चिच्चर ‘प्वका’ पोलेर [तस्बिरहरू]

अनदीको चामललाई बाफमा राम्रोसँग पकाएपछि चाम्रो चिच्चर तयार हुन्छ । सेलाएपछि भोर्लाको ठूलो पातमा राखेर पोका बनाइन्छ । चिच्चर प्वका यही हो । यसरी बनाएको चिच्चर प्वका खिचराका दिनमा भुङ्ग्रोमा पोलेर खाने चलन छ । एक पटक बनाएको प्वका चार–पाँच दिनसम्म बिग्रँदैन ।

पुस ३०, २०८२

रमेशकुमार पौडेल

Chichar ‘Pwka’ is eaten with fried rice [Photos]

चितवन — माघे संक्रान्तिका दिन चितवनका आदिवासी थारु समुदायले खिचरा पर्व मनाउँछन् । खिचराका दिन चिच्चर ‘प्वका’ पोलेर खाने चलन छ । चिच्चर ‘प्वका’ खिचराको अघिल्लो दिन पुस मसान्तमै तयार हुन्छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको बहेरा चोकदेखि थोरै भित्र दक्षिणमा छ– खैरहनी नगरपालिका–१ को पुरानो थारु गाउँ । बुधबार मध्याह्न यो गाउँमा चिच्चर पकाउने र पोका पार्न महिलाहरू व्यस्त थिए ।

Chichar ‘Pwka’ is eaten with fried rice [Photos]

‘खासमा आज मछुवारी पनि हो,’ थारु अगुवा स्थानीय कारी महतो भन्दै थिए । चिच्चर प्वका आगोमा पोलेर माछासँग खाने चलन छ । त्यो माछा मार्न पहिला गाउँ नै उल्टेर खोलामा जान्थे । जसलाई मछुवारी भनिन्थ्यो । अब त्यो सम्झना मात्रै भयो । माछा खोलाबाट हराउँदै गए । गाउँमा माछा पोखरी बढे । बजार र दोकान पनि जान पर्दैन, अचेल माछा अर्डर गरे घरमै आइ पुग्छ भन्छन् कारी ।

Chichar ‘Pwka’ is eaten with fried rice [Photos]

तर चिच्चर पकाउने र पोका पार्ने सीप र चलन अरु समुदायमा छैन । त्यसैले थारु समुदाय नै यसमा जुटिरहेको छ । अनदीको चामललाई बाफमा राम्रोसँग पकाएपछि चाम्रो चिच्चर तयार हुन्छ । सेलाएपछि भोर्लाको ठूलो पातमा राखेर पोका बनाइन्छ । चिच्चर प्वका यही हो । यसरी बनाएको चिच्चर प्वका खिचराका दिनमा भुङ्ग्रोमा पोलेर खाने चलन छ । एक पटक बनाएको प्वका चार–पाँच दिनसम्म बिग्रँदैन ।

Chichar ‘Pwka’ is eaten with fried rice [Photos]

बहेराकी राधा चौधरीले बिहान ६ बजेतिर अनदीको चामल भिजाएकी थिइन् । खेतमा रोपेको काउली बिक्रीका लागि तयार भएको थियो । खाना खाएपछि तरकारी संकलन केन्द्रमा पुर्‍याउन काउली काटिन् । दिउँसो जिप आएर काउली लोड गर्दा दुई बज्दै थियो । यो बेलासम्म चामल राम्रैसँग भिजेको थियो । उनले आगो बसालेर चामल बफाउन राखिन् । ‘अब दुई घण्टापछि पाक्छ,’ राधाले भनिन् ।

Chichar ‘Pwka’ is eaten with fried rice [Photos]

पहिला पहिला पुस मसान्तका दिन मछुवारी गर्न कयरखोला जाने गरेको उनलाई सम्झना छ । गाउँले मिलेर खोलामा माछा मार्थे । माथि बाध लगाउँथे । बाँधमा सानो निकास छाडेका हुन्थे । सबैले माथिबाट माछा धपाउँदै बाँध कटाउँथे । माछाहरू तल गइसकेको अन्दाज लगाएर बाँध थुनेर पानी सुकाउँथे । ‘अनि सबै सुकेको खोलामा पसेर माछा समाउँथे । वाम भेटिन्थे, ठूला र स्वादिला सौरी पाइन्थे,’ उनले भनिन् ।

Chichar ‘Pwka’ is eaten with fried rice [Photos]

यो २०/३० वर्षअघिको कुरा भयो । अहिले खोलामा माछा नै छैनन् भन्दा पनि हुन्छ भन्छिन् राधा । त्यसैले खोला जाने कुरा भएन । घरको काम भ्याएर नै उनले चिच्चर पकाउने सुरसार गर्दै थिइन् । छिमेकी पवनी चौधरीको घरमा चिच्चर पाकेर सेलाइ सकेको थियो । देवरानीहरू सीता र बासमतीसँगै बसेर पवनीले भोर्लाको पातमा चिच्चर राख्दै डोरीले कस्न सुरु गरिन् ।

Chichar ‘Pwka’ is eaten with fried rice [Photos]

‘मंसिरमा जंगलमा दाउरा खुलेको बेलामा ल्याएर घरमा राखेका पात हो,’ पवनीले भनिन् । भोर्लार्को पातलाई थारु भाषामा मनहनको पात भनिन्छ । पोका पारेको चिच्चर आगोमा राख्दा डढ्नु हुँदैन । त्यसका लागि भोर्लाको पात उपयुक्त हो भन्छिन् उनी । तर अचेल जंगल जाने चलन हरायो । उनको घरदेखि उत्तर सात किलोमिटर पर छ जंगल । जंगल जान नपाएकाहरू केराको पातमा पोका बनाउँछन् ।

Chichar ‘Pwka’ is eaten with fried rice [Photos]

अनदी धानको भात आडिलो हुने भएका कारण काम गर्ने बेलामा यही भात खाने चलन थियो । त्यसैले थारुहरू प्रशस्त अनदी रोप्थे । अहिले अनदी रोप्न कम भएको छ । ‘मैले पनि यही चिच्चर खान मात्रै जम्मा १० धुरमा अनदी रोपेकी छु,’ पवनीले भनिन् । जाडोयाममा चिच्चर प्वका पोलेर खाँदा न्यानो हुने गर्छ भन्छिन् उनी । जाडोपछि त पोलेर खाँदा त्यत्ति मिठो पनि हुँदैन ।

Chichar ‘Pwka’ is eaten with fried rice [Photos]

त्यसैले खिचराको मुख्य खान्की नै चिच्चर बनेको हो भन्छिन् पवनी । छिटोमा पुस १५ र ढिलोमा माघ १५ सम्म प्वका पोलेर खाने चलन छ । पोको नपारेको चिच्चर अरु बेलामा पनि खाइन्छ । अनदीको पिठोको बाफमै पकाएको विभिन्न आकार प्रकारका रोटी पनि पर्व र अवसरहरूमा खाने चलन छ ।

Chichar ‘Pwka’ is eaten with fried rice [Photos]
Chichar ‘Pwka’ is eaten with fried rice [Photos]
Chichar ‘Pwka’ is eaten with fried rice [Photos]

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully