भगवान‍्को बिहे (तस्बिरहरू)

स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै आएको यो महोत्सव २९ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ ।

पुस २८, २०८२

अनिश तिवारी

God's Wedding (Photos)

सिन्धुपाल्चोक — अगाडि बाजागाजा, पछाडि ध्वजा–पताका र पवित्र मन्त्रले सजिएको कलात्मक रथ अनि ‘जय–जयकार’को गुञ्जन । बाह्रबिसे नगरपालिकास्थित पलाँतीको श्री विष्णु मन्दिर परिसरमा आइतबार देखिएको दुश्य हो यो । जहाँ भगवान् रंगनाथको तस्बिर एवं मूर्तिलाई बेहुला र देवी गोदाम्मालाई बेहुली बनाएर सजाएर विवाह गरियो । भगवान् रंगनाथ र गोदाम्माको विवाहमा हजारौं भक्तजन जन्ती गए, रथ परिक्रमा गर्दै महोत्सवमा सहभागी भए ।

God's Wedding (Photos)

‘धनुर्मास अवधिभर दैनिक बिहान–बेलुका भगवान‍्लाई दाल–चामल पकाएर चढाइने परम्परा छ, नियमित पूजा–अर्चनासहित धार्मिक विधि सम्पन्न गरिन्छ,’ पौडेलले भने । महोत्सवअन्तर्गत विष्णु मन्दिरबाट सुरु भएको रथ परिक्रमा सुनकोशी महादेव मन्दिर, बाह्रबिसे बजार, खोर्सानीवारी, खाग्दल, ठूली पलाँती र क्षमादेवी मन्दिर हुँदै पुनः विष्णु मन्दिर प्राङ्गणमा पुगेर समापन भएको थियो  । स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै आएको यो महोत्सव २९ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ ।

God's Wedding (Photos)
God's Wedding (Photos)
God's Wedding (Photos)
God's Wedding (Photos)
God's Wedding (Photos)
God's Wedding (Photos)
God's Wedding (Photos)
God's Wedding (Photos)
God's Wedding (Photos)
God's Wedding (Photos)

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully