मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ ।
काठमाडौँ — काठमाडौंको भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको तयारी तीव्र पारिएको छ । देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइपुग्न थालेसँगै महाधिवेशन स्थल आसपासमा चहलपहल तीव्र बन्दै गएको हो।
आइतबार र सोमबार आयोजना दोस्रो विशेष महाधिवेशन हुँदै छ । मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगिरहँदा प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थितिले स्थल क्षेत्र थप सक्रिय देखिएको छ।
महाधिवेशन व्यवस्थापन समितिका अनुसार हिजोदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू पनि सँगसँगै धमाधम अगाडि बढेका छन्। भृकुटीमण्डप परिसरमा पार्टीका झन्डा, ब्यानर तथा प्रचार सामग्री राख्ने काम भइरहेको छ । प्रवेशद्वार व्यवस्थापन, सुरक्षासम्बन्धी समन्वय र यातायात व्यवस्थापनमा पनि तयारी तीव्र पारिएको प्रचारप्रसार समितिका सदस्य सचिव माधव चम्लागाईंले बताए ।
![This is how preparations for the Congress special general convention are going on [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/6105985688895515603311233828102874948994306n-1012026101304-1000x0.jpg&w=1001&h=0)
![This is how preparations for the Congress special general convention are going on [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/61071300612041169350295021706370551338964765n-1012026101301-1000x0.jpg&w=1001&h=0)
![This is how preparations for the Congress special general convention are going on [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/61055670611894258500026735443115827694325786n-1012026101259-1000x0.jpg&w=1001&h=0)