मतपत्र छपाइ धमाधम [तस्बिरहरू]

सेतो कागजमा कालो रङको चिह्न मतपत्रमा राखिने निर्वाचन आयोगले जनाएको छ ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

Ballot printing in full swing [Photos]

काठमाडौँ — फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको नमुना मतपत्र छपाइ सकिएको छ । जनक शिक्षा सामग्री लिमिटेड भक्तपुरमा १० लाख नमुना मतपत्र छापिएको निर्वाचन आयोगले जनाएको छ ।

Ballot printing in full swing [Photos]

भोलि शुक्रबारदेखि भने समानुपातिक तर्फको मतपत्र छपाइ सुरु हुनेछ । सेतो कागजमा कालो रङको चिह्न मतपत्रमा राखिनेछ । समानुपातिकतर्फ चुनावी प्रतिस्पर्धामा भाग लिने दलको संख्या टुंगिइसकेको छ । ५८ दलले आयोगमा उम्मेदवारको बन्दसूची बुझाएका छन् । तीनै ५८ दलको निर्वाचन चिह्न राखेर मतपत्र तयार हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

Ballot printing in full swing [Photos]

यसपटक १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । मतदाताको संख्याभन्दा करिब १० प्रतिशत बढी अर्थात् सरदर २ करोड मतपत्र छापिने आयोगले जनाएको छ । उच्च सुरक्षा व्यवस्था मिलाएर जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा मतपत्र छपाइको तयारी गरिएको छ । मतपत्र छापिनुपूर्व प्रेसको परीक्षण भइसकेको छ ।

Ballot printing in full swing [Photos]

समानुपातिकतर्फको मतपत्र देशैभर एकै आकारका हुनेछन् । माघ ६ मा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको कार्य टुंगिएपछि निर्वाचन क्षेत्रअनुसार उम्मेदवार संख्याका आधारमा प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुनेछ ।

Ballot printing in full swing [Photos]
Ballot printing in full swing [Photos]
तस्बिरहरू : प्रदीपराज वन्त/निर्वाचन आयोग
तस्बिरहरू : प्रदीपराज वन्त/निर्वाचन आयोग

कान्तिपुर

Link copied successfully