भेनेजुएलामा अमेरिकी हमलाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन [तस्बिरहरु]

भेनेजुएलामा भएको अमेरिकी हमलाविरुद्ध काठमाडौंको माइतीघरमा मंगलबार प्रदर्शन गरिएको हो ।

पुस २२, २०८२

दीपक केसी

Protest at Maitighar against US attack in Venezuela [Photos]

काठमाडौँ — भेनेजुएलामा भएको अमेरिकी हमलाविरुद्ध काठमाडौंको माइतीघर मण्डलमा मंगलबार प्रदर्शन गरिएको छ । केन्द्रीय संयुक्त संघर्ष समिति र प्रगतिशील रुपान्तरण आन्दोलनले आज दिउँसो प्रदर्शन गरेका हुन् । उक्त संघर्ष समितिमा नेपाली कम्युनिस्ट पार्टी, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा जनपक्ष र समाजवादी कम्युनिस्ट पार्टी सम्मिलित छन् । उनीहरुले 'भेनेजुएलाको सार्वभौमिकताको रक्षाका लागि–संघर्ष गरौं', 'अमेरिकी साम्राज्यवाद मुर्दावाद'लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रेका थिए ।

Protest at Maitighar against US attack in Venezuela [Photos]

अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासमा अप्रत्याशित हमला गर्दै राष्ट्रपति निकोलस मदुरो र पत्नी सिलिया फ्लोरेसलाई कब्जामा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित र सही रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले शासन चलाउने’ घोषणा गरेका छन् ।

Protest at Maitighar against US attack in Venezuela [Photos]
Protest at Maitighar against US attack in Venezuela [Photos]
Protest at Maitighar against US attack in Venezuela [Photos]
Protest at Maitighar against US attack in Venezuela [Photos]
Protest at Maitighar against US attack in Venezuela [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully