हिजोआज बारीमा तोरी र पहाडी भेगमा चिउरी फूलेको छ । त्यसैले मौरी पालनमा लागेकाहरु घार बोकेर जहाँ ढकमक फूल हुन्छ त्यही पुग्छन् भन्छन् नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्ष शिव शर्मा पौडेल ।
चितवन — पहाडी गाउँ सिद्धिको पाखाभरी चिउरीको हरियाली छपक्कै छ । यो चिउरी फूल्ने याम हो । चिउरीको फूलको रस मौरीलाई निकै मन पर्दछ ।
सिमान्तकृत वर्गमा पर्ने आदिवासी चेपाङ समुदायको बसोबास भएको सिद्धिका कान्ला र कुनाहरु अचेल मौरीका सेता आधुनिक घारहरुले भरिएका हुन्छन् । मौरीका यी घारहरु स्थानीयका भने हैनन् । मौरी चराउन जता फूल फूल्छ किसानहरु घार बोकेर त्यतै जाने गर्दछन् ।
वडा सदस्य मिलन चेपाङका अनुसार नौ १० वर्षयता बाटो खनेर गाडी चल्न सुरु भएपछि चरनका लागि मौरी ल्याउन सुरु भएको हो । प्राय चराउन ल्याउने मौरीहरु नै सिद्धिमा छन् । केही स्थानीयले पनि मौरीपालन सुरु गरेको उनले बताए ।
![Bees feed on the grass [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/chiurima-chardai-mahuri-12-0412026073149-1000x0.jpg&w=1001&h=0)
![Bees feed on the grass [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/chiurima-chardai-mahuri-8-0412026073215-1000x0.jpg&w=1001&h=0)
![Bees feed on the grass [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/chiurima-chardai-mahuri-3-0412026073204-1000x0.jpg&w=1001&h=0)