महोत्सवमा थारू परिकारहरू घोंघी, माछा, गंगटा, ढिक्री, अनदीको रोटी, अनदीको भात, अनदीको झोल, आलुको अचार, सिध्रा माछा लगायतका खानेकुराको पनि आकर्षण छ ।
दाङ — थारू कल्याणकारिणी सभा दाङले शनिबार घोराहीमा माघ सांस्कृतिक महोत्सव–२०८२ (थारू संवत् २६४९) आयोजना गरेको छ । विभिन्न सांस्कृतिक झाँकीले बजार परिक्रमा गरी घोराहीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा महोत्सव भएको हो ।
थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा सभाका अध्यक्ष अशोक चौधरीले बताए ।
महोत्सवमा मघौटा, छोक्रा, हुर्डुङया, ढुम्री लगायतका विविध नाच प्रदर्शन गरिएको छ । 'आर्थिक जागरण व सांस्कृतिक रूपान्तरण हमार अभियान, सामाजिक न्यायसहित के समृद्धिम हमार योगदान' भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको छ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका छन् । महोत्सवमा पूर्वसांसद शान्ता चौधरी, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी लगायतको सहभागिता रहेको छ ।
![Magh Cultural Festival in Dang [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/img7912-0312026121619-1000x0.jpg&w=1001&h=0)
![Magh Cultural Festival in Dang [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/img7921-0312026121634-1000x0.jpg&w=1001&h=0)
![Magh Cultural Festival in Dang [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/img7904-0312026121607-1000x0.jpg&w=1001&h=0)