यसरी भिक्षु चोकमा राखियो बुद्ध मूर्ति [तस्बिरहरू]

साढे १५ मिटर अग्लो चौमुखे गेटमा ५ क्विन्टल तौल भएको फाइबरको सुनौलो रंगको मूर्ति राखिएको हो ।

पुस १५, २०८२

मनोज पौडेल

This is how the Buddha statue was placed in Bhikshu Chowk [Photos]

कपिलवस्तु — प्राचीन नगर कपिलवस्तुस्थित भिक्षु चोकमा बनाइएको चौमुखे गेटमाथि बुद्ध मूर्ति राखिएको छ । राजा शुद्धोदनको राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट)को प्रवेश द्वार मानिने भिक्षु चोकमा चारैतिर मुख भएको भगवान् बुद्धको मूर्ति राखिएको हो ।

This is how the Buddha statue was placed in Bhikshu Chowk [Photos]

साढे १५ मिटर अग्लो चौमुखे गेटमा ५ क्विन्टल तौल भएको फाइबरको सुनौलो रंगको मूर्ति राखिएको हो । प्रसिद्ध साहित्यकार भवानी भिक्षुका नाममा राखिएको चोक दक्षिणबाट तिलौराकोटको प्रवेश द्वार मानिन्छ भने उत्तरबाट सदरमुकाम तौलिहवाको प्रवेश द्वारका रूपमा रहेको छ ।

This is how the Buddha statue was placed in Bhikshu Chowk [Photos]

कपिलवस्तु नगरपालिकाद्वारा करिब ८० लाख रुपैयाँ लागतमा उक्त गेट बनाइएको नगर प्रमुख सुदीप पौडेलले बताए । गेटलाई प्राचीन नगरको ऐतिहासिकता मात्रै नभएर बौद्ध धर्मावलम्बीहरूको पहिचानका रूपमा स्थापित गरिएको उनले बताए । गेट निर्माणसँगै नगरको स्वरूप नै सुन्दर देखिएको छ ।

This is how the Buddha statue was placed in Bhikshu Chowk [Photos]
This is how the Buddha statue was placed in Bhikshu Chowk [Photos]
This is how the Buddha statue was placed in Bhikshu Chowk [Photos]
This is how the Buddha statue was placed in Bhikshu Chowk [Photos]
This is how the Buddha statue was placed in Bhikshu Chowk [Photos]

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully