Elephant Festival ends, Laxmikali wins football title [Photos]

The Elephant Festival concluded on the last day with an elephant picnic, elephant worship, and the final competition of elephant football (penalty shootout).

Poush 13, 2082

Raju Chaudhary

Elephant Festival ends, Laxmikali wins football title [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The 19th edition of the Chitwan Elephant and Tourism Festival concluded on Sunday with various competitive programs.

Elephant Festival ends, Laxmikali wins football title [Photos]

अन्तिम दिन हात्तीको पिकनिक, हात्तीको पूजा र हात्ती फुटबल (पेनाल्टी सुटआउट)को फाइनल प्रतिस्पर्धासँगै हात्ती महोत्सव समापन गरिएको हो । हात्ती फुटबल (पेनाल्टी सुटआउट)मा अन्य ५ वटा हात्तीलाई पछि पार्दै कसरा पर्यटन व्यवसायी समितिको लक्ष्मीकली प्रथम भइन् । तीन दिनमा ५ राउन्ड चलेको प्रतियोगितामा लक्ष्मीकलीले कुल १२ गोल गर्दै ७ पेनाल्टी बचाएपछि उपाधि जितेको हात्ती फुटबल प्रतियोगिताका संयोजक विनोद तिम्सिनाले जानकारी दिए । प्रतियोगितामा कुल १० गोल र ६ प्रहार बचाएकी क्षेत्रीय होटल संघ नेपालको बसन्तीकली ‘बी’ दोस्रो भइन् भने ९ गोल र ११ प्रहार बचाएकी सौराहा जीप तथा डुंगा बुकिङ सेन्टरको मारुतीकली तेस्रो भइन् । युनाइटेड हात्ती सञ्चालन सहकारीको चम्पाकली चौथो, रेस्टुरेन्ट एन्ड बार एसोसिएसनकी बसन्तीकली ‘ए’ पाचौं र निकुञ्ज सफारी प्रालिकी पुनमकली अन्तिम स्थानमा रहिन् । विजेताहरुलाई समापन समारोहमा पुरस्कार प्रदान गरिएको थियो । 

Elephant Festival ends, Laxmikali wins football title [Photos]

यस्तै, आइतबार नै हात्तीहरुलाई पिकनिक खुवाइएको छ । सौराहाका पर्यटन व्यवसायीले पालेका ३५ वटा हात्तीलाई पिकनिक खुवाइएको हो । उनीहरुलाई मिठो–मिठो परिकार स्याउ, सुन्तला, ड्रागन फ्रुट, भेली, कुची, उखु, पाउरोटीलगायतका परिकार खुवाइएको क्षेत्रीय होटल संघ सौराहा चितवनका अध्यक्ष ओम पाण्डेले जानकारी दिए । हात्तीको पिकनिक हेर्न दर्शकहरु झुमिएका थिए । 

Elephant Festival ends, Laxmikali wins football title [Photos]

त्यस्तै, आइतबार फाइनल प्रतिस्पर्धा सुरु गर्नुअघि तीन वटा हात्तीलाई राखेर पूजा गरिएको थियो । नेपाली परम्परा र संस्कृतिमा सबैभन्दा अगाडि गणेश भगवानको पूजा गर्ने प्रचलन रहेकाले महोत्सवको तालिका अनुसार नै यसपटक हात्तीलाई गणेशको रुपमा पूजा गरिएको हात्ती तथा पर्यटन महोत्सवका संयोजक गुणराज थपलियाले बताए । हात्तीलाई पूजा गरिसकेपछि पिकनिकमा खानका लागि हात्तीलाई निम्ता दिएर पिकनिक कार्यक्रम सुरु गरिएको उनले बताए । महोत्सव अन्तर्गत भएका डुंगा प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिताका विजेताहरुलाई पनि आइतबार नै पुरस्कार प्रदान गरिएको थियो । 

Elephant Festival ends, Laxmikali wins football title [Photos]

क्षेत्रीय होटल संघ नेपाल चितवन सौराहाको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सह–आयोजनामा बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा पुस ११ गतेदेखि ३ दिनसम्म चलेको महोत्सवमा हात्तीको स्वास्थ्य शिविरसहित अन्य विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । महोत्सवले सौराहामा पर्यटकको संख्यामा वृद्धि भएको छ । 

Raju

Link copied successfully