आलु गोड्ने यस्तो जुक्ति [तस्बिरहरू]

‘कुटो, कोदालोले भन्दा यसरी गोड्दा छिटो हुन्छ,’ वीरेन्द्रले भने,‘आज जसरी पनि सक्नु छ ।’ 

मंसिर २९, २०८२

विवेक पोख्रेल

This is a trick for peeling potatoes [Photos]

चितवन — धमेन्द्र कुमार  सेतो भेस्टमा छन् । गुड्डुकुमार यादव नीलो पातलो   स्वेटरमा । उनीहरू गोरुझैं हलो-जुवामा नारिएर आलु गोड्दैछन् ।  हलीको भूमिकामा वीरेन्द्र यादव छन् ।

This is a trick for peeling potatoes [Photos]

आइतबार भरतपुर-माडी-ठोरी हुलाकी सडकखण्डमा उनीहरू यसरी आलु गोडिरहेको अवस्थामा भेटिए । १ बिगाहा खेत भाडामा लिएर वीरेन्द्रले आलु लगाएका छन् ।  ‘कुटो, कोदालोले भन्दा यसरी गोड्दा छिटो हुन्छ,’ वीरेन्द्रले भने,‘आज जसरी पनि सक्नु छ ।’ 

This is a trick for peeling potatoes [Photos]

धर्मेन्द्र र गुड्डु भने ज्यालामा काम गर्न आएका हुन् । उनीहरूले १५ सय पारिश्रमिक पाउने बताए । बिहान ९ बजेदेखि आलु गोड्न व्यस्त उनीहरू घाम टाउकोमाथि आइपुग्दासम्म पसिनाले भिजिसकेका थिए ।

This is a trick for peeling potatoes [Photos]

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully