Strengthlifting in Kapilvastu

The first Kapilvastu Tilaurakot Iron Men and Women Cup was completed, with Karan and Amrita winning the strengthlifting title.

Mangshir 14, 2082

Manoj Poudel

Strengthlifting in Kapilvastu

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Karan Badiya and Amrita Khadka Sherpa have emerged champions in the men's and women's strengthlifting categories respectively under the first Kapilvastu Tilaurakot Iron Men and Women's Cup National Strengthlifting and Incline Bench Press Competition.

Strengthlifting in Kapilvastu

दुवै बिजेतालाई जनही नगद २० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको हो । त्यसै गरी इनक्लाइन बेन्च (आईबीपी) विधाको ओभरअल च्याम्पियन पुरुषतर्फ सुमेश्कर प्रकाश र महिलातर्फ अमृता खड्काले प्राप्त गरे । उक्त विधा बिजेतालाई जनही नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Strengthlifting in Kapilvastu

खेलसँगै कपिलवस्तुको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दुई दिने प्रतियोगितामा सातै प्रदेशका ७४ प्रतियोगी सहभागी थिए । प्रतियोगितामा इन क्लाइन बेन्च प्रेस (आईबीपी) र स्ट्रेन्थलिफ्टिङका दुई विधामा पुरुषतर्फ १३ इभेन्ट र महिलातर्फ ४ इभेन्टमा गरी १७ प्रतिस्पर्धा गराइएको थियो । विजेतालाई स्ट्रेन्थलिफ्टिङ संघका केन्द्रीय कार्यवाहक अध्यक्ष नारायण प्रधान, महासचिव जीवन गिरी, केन्द्रीय सदस्य कृष्ण गुप्ता र जिल्ला अध्यक्ष बलराम न्यौपानेले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । 

Strengthlifting in Kapilvastu

प्रतियोगितामा वेस्ट टिमतर्फ एक्सट्रिम फिटनेस नेपालगन्ज पहिलो, भुमही जिम पश्चिम नवलपरासी दोस्रो र पावर जिम तौलिहवा तेस्रो भएका थिए । दुई विधाका १७ इभेन्टमा सहभागी प्रथमलाई ३ हजार, दोस्रोलाई २ हजार र तेस्रोलाई १ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको शुक्रबार लुम्बिनी प्रदेश युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले उद्घाटन गरेका थिए । 

Strengthlifting in Kapilvastu

नेपालमा स्ट्रेन्थलिफ्टिङ खेल सुरु भएको चार वर्षमै विश्वस्तरकै राम्रो उपाधि र पुरस्कार जित्न सफल भएपछि खेलप्रति आकर्षण बढिरहेको खेलका प्रमुख निर्णायक बृजेन्द्रमान श्रेष्ठले बताए । ‘नेपालका लागि छोटो समयमा यो खेलबाट धेरै अन्तर्राष्ट्रिय पुरस्कार पायौं,’ उनले भने, ‘यसले देशको प्रतिष्ठा उच्च बनायो । नेपालले पहिल्लो समय स्ट्रेन्थलिफ्टिङ खेलको विश्व च्याम्पियनसिपमा चारपटक प्रतिस्पर्धा गरी उत्कृष्ट प्रदर्शन गरेको संघका महासचिव जीवन गिरीले बताए । ‘यसले खेलको लोकप्रियताले बढेको ५,’ उनले भने, ‘नेपालभरि अहिले स्ट्रेन्थलिफ्टिङ खेल्न उत्साहित बनेका छन् ।’ 

Strengthlifting in Kapilvastu

कपिलवस्तु प्रशस्त पर्यटकीय गन्तव्य भएको जिल्ला हुँदा प्रचार प्रसारका लागि खेललाई जोडेको जिल्ला स्ट्रेन्थलिफ्टिङ संघका जिल्ला अध्यक्ष बलराम न्यौपानेले बताए । अब छिट्टै स्ट्रेन्थलिफ्टिङको अर्को प्रतियोगिताको तयारी गरिएको उनले बताए ।

Strengthlifting in Kapilvastu
Strengthlifting in Kapilvastu
Strengthlifting in Kapilvastu
Strengthlifting in Kapilvastu
Strengthlifting in Kapilvastu
Strengthlifting in Kapilvastu
Strengthlifting in Kapilvastu

Manoj

Link copied successfully