The publicity committee has stated that the festival was organized to preserve the culture of the Newars and attract the younger generation.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
A Yomari festival has been organized in Tansen. The festival is being organized to teach the next generation about Yomari.
तानसेन नगरपालिका–३, टक्सारटोलको पुरानो बस्तीमा योमरीको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको मैत्री क्लबकी अध्यक्ष पञ्च शाक्यले बताइन् । महोत्सवले गैरनेवारको समेत ध्यान खिचेको थियो । थरीथरीका योमरीका साथै नेवारी परिकार देख्न, बनाएको हेर्न र खान पाइएको सहभागी तानसेन बारुदखानका लक्ष्मण रेग्मीले बताए ।
नेवारी भाषामा ‘यो’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी हो । खासगरी नेवारी समुदायमा नयाँधान भित्र्याएपछि घरमा भकारी वा धन्सार बनाएर राख्ने गरिन्छ । मंसिर पूर्णिमाका अवसरमा आयोजित योमरी महोत्सवको छुट्टै महत्व रहेको छ । नेवार समुदायमा मंसिरमा धानको रोटी बनाएर परिवार, आफन्त, इष्टमित्रलाई बाँड्ने र आफूले पनि खाने परम्परा रहेको छ । नेवारहरुको पुरानो संस्कृतिलाई जोगाइराख्न र युवा पुस्तालाई पनि आकर्षण गराउन महोत्सव आयोजना गरिएको प्रचारप्रसार संयोजक रिलनमान महर्जनले बताए ।
महोत्सवमा नेवारी समुदायले बनाएका चाकु (भेली), योमरी, खुवा योमरी, मास योमरी, (कुखुरा, राँगा, च्याउ) छोइला पनि राखिएको थियो ।२० वटा स्टल रहेको महोत्सवमा उत्सुकताका साथ सहभागी भए । 'पछिल्लो पुस्तामा योमरी के हो ? यो कसरी बनाइन्छ भनेर थाहा नभएको पनि पाइएको छ । महोत्सवले प्रत्यक्ष सबैले देख्ने, हेर्ने र जानकारी दिएको छ,' वडाध्यक्ष बाबुरत्न शाक्यले बताए ।
महोत्सवमा विशेषगरी तीन किसिमको योमरी बनाएका थिए । गुलियो (चाकु र तिल) कुराउनी (खुवा) र मासको फरक स्वाद लिनेलाई मास र खुवाको बनाएको मैत्री क्लबकी पूर्वअध्यक्ष मनिता बज्राचार्यले बताइन् । नेवारी समुदायको संस्कृति बचाउन र नयाँ पुस्तालाई सिकाउनका लागि महोत्सव फलदायी बनेको आफूले पाएको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । योमरी महोत्सव स्थानीयका साथै विदेशी पर्यटकलेसमेत अवलोकन गरेका थिए । मैत्री क्लबले महोत्सवमा आउनेका लागि नेवारी तथा अन्य विभिन्न समुदायको संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रमसमेत देखाएको थियो ।
![Festival in Palpa to introduce 'Yomari' to the new generation [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/yomari-taksar-3-30112025053829-1000x0.jpg&w=1001&h=0)
![Festival in Palpa to introduce 'Yomari' to the new generation [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/yomari-taksar-4-30112025053837-1000x0.jpg&w=1001&h=0)
![Festival in Palpa to introduce 'Yomari' to the new generation [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/yomari-taksar-2-30112025053822-1000x0.jpg&w=1001&h=0)
![Festival in Palpa to introduce 'Yomari' to the new generation [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/yomari-taksar-1-30112025053821-1000x0.jpg&w=1001&h=0)
![Festival in Palpa to introduce 'Yomari' to the new generation [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/yomari-taksar-6-30112025053814-1000x0.jpg&w=1001&h=0)