प्लेयर अफ द म्याच बसिरले ४३ बल खेली समान ३ चौका र छक्का प्रहार गरे ।
काठमाडौँ — बसिर अहमदको सानदार ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार कर्णाली याक्समाथि ३ विकेटको सनसनी विजय हात पारेको छ । बसिरले अविजित ६२ रन बनाएपछि विराटनगरले १ सय ६१ रनको लक्ष्य त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा १ बल अगाडि पूरा गर्यो । अन्तिम ओभरमा १० र अन्तिम २ बलमा ४ रन चाहिने अवस्थामा बसिरले विजय छक्का प्रहार गरेपछि विराटनगरले १ सय ६३ रन बनाएको हो ।
![NPL: Biratnagar's dramatic win [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/nplbiratnagarvskarnali11282025c7a7537-28112025034058-1000x0.jpg&w=1001&h=0)