त्रिवि क्रिकेट मैदानमा यस्तो छ एनपीएलको तयारी [तस्बिरहरु]

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको तयारीमा रहेको त्रिवि क्रिकेट मैदान मर्मतसम्भार, पुनर्निर्माण र सजावटको काम धमाधम भइरहेको छ ।

कार्तिक २५, २०८२

विवेक पोख्रेल

This is how the NPL preparations are at the Tribhuvan University Cricket Ground [Photos]

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका कुल ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा खेलाउने गरेर दोस्रो संस्करणको प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरिसकेको छ । तालिका अनुसार मंसिर १ गतेदेखि खेल सुरु हुँदैछ । फ्लड लाइट जडानको काम भने अझै बाँकी छ । मंगलबार मैदान पुग्दा मर्मतसम्भार र पुनर्निर्माणको काम धमाधम भइरहेको थियो ।

This is how the NPL preparations are at the Tribhuvan University Cricket Ground [Photos]

फ्लडलाइट जडानको जिम्मा लिएको ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरका प्रतिनिधि सौरभ शाहका अनुसार तीन वटा पोलमा लाइट हाल्ने र सबैको पोलमा परीक्षणको काम बाँकी छ । प्यारापिट निर्माणको काम भने सकिएको छ । काठमाडौंको बिकेओआई–केसिडिसी–बिजी जेभी मैदान पुनर्निर्माणको सम्झौताअनुसार काम सकेर अन्तिम बिलको लागि काम गरिरहेको बताएको छ ।

This is how the NPL preparations are at the Tribhuvan University Cricket Ground [Photos]

यी दुवै कम्पनीले सम्झौताअनुसार काम गरेको भए वैशाख २४ गते सबै काम सकिनुपर्ने थियो । समयमा काम नसकेका कारण सम्झौताअनुसार निर्माण कम्पनीलाई तत्कालीन सरकारले दैनिक २ लाख हाराहारीमा जरिवानासमेत तोकेको थियो ।

This is how the NPL preparations are at the Tribhuvan University Cricket Ground [Photos]

क्यानको तालिका अनुसार हरेक दिनको एक खेल साँझ टुगिने गरी खेलतालिका प्रकाशित गरेको छ । हरेक दिनको दोस्रो खेल ४ बजे सुरु भएपछि फ्लड लाइट बल्ने छ । दिउँसो सुरु हुने खेल ३ :३० बजे र ४ बजे सुरु हुनेछ र फ्लड लाइटमा टुंगिने छ । आगामी मंसिर १ गतेदेखि सञ्चालन हुने एनपीएलका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । यदि समयमै निर्माण सम्पन्न भयो भने नेपालमा पहिलो पटक फ्लडलाइटमा क्रिकेट खेल हुनेछ । एनपीएलको पहिलो खेलमा जनकपुर र काठमान्डु गोर्खाज आमनेसामने हुनेछ । जुन खेल साँझकै समयमा हुने छ ।

This is how the NPL preparations are at the Tribhuvan University Cricket Ground [Photos]

प्रतियोगितामा सहभागी ८ फ्रेन्चाइज टोलीले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । मंसिर २३ गते क्वालिफायर १, मंसिर २४ गते इलिमिनेटर र मंसिर २५ गते क्वालिफायर २ हुनेछ । फाइनल मंसिर २७ मा हुनेछ । त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ (क्यान) ले यो मैदानमा क्रिकेट प्रतियोगिताहरू आयोजना गर्दै आएको छ ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully