The renovation, reconstruction, and decoration work of the Tribhuvan University Cricket Ground, which is in preparation for the second edition of the Nepal Premier League (NPL) cricket, is underway in full swing.
The Cricket Association of Nepal (CAN) has announced the schedule of the second edition of the Nepal Premier League (NPL) cricket tournament on Monday, with 23 out of a total of 32 matches to be played under floodlights. According to the schedule, the matches will start from Mangsir 1. The work of installing floodlights is still pending. When we reached the ground on Tuesday, the maintenance and reconstruction work was in full swing.
फ्लडलाइट जडानको जिम्मा लिएको ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरका प्रतिनिधि सौरभ शाहका अनुसार तीन वटा पोलमा लाइट हाल्ने र सबैको पोलमा परीक्षणको काम बाँकी छ । प्यारापिट निर्माणको काम भने सकिएको छ । काठमाडौंको बिकेओआई–केसिडिसी–बिजी जेभी मैदान पुनर्निर्माणको सम्झौताअनुसार काम सकेर अन्तिम बिलको लागि काम गरिरहेको बताएको छ ।
यी दुवै कम्पनीले सम्झौताअनुसार काम गरेको भए वैशाख २४ गते सबै काम सकिनुपर्ने थियो । समयमा काम नसकेका कारण सम्झौताअनुसार निर्माण कम्पनीलाई तत्कालीन सरकारले दैनिक २ लाख हाराहारीमा जरिवानासमेत तोकेको थियो ।
क्यानको तालिका अनुसार हरेक दिनको एक खेल साँझ टुगिने गरी खेलतालिका प्रकाशित गरेको छ । हरेक दिनको दोस्रो खेल ४ बजे सुरु भएपछि फ्लड लाइट बल्ने छ । दिउँसो सुरु हुने खेल ३ :३० बजे र ४ बजे सुरु हुनेछ र फ्लड लाइटमा टुंगिने छ । आगामी मंसिर १ गतेदेखि सञ्चालन हुने एनपीएलका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । यदि समयमै निर्माण सम्पन्न भयो भने नेपालमा पहिलो पटक फ्लडलाइटमा क्रिकेट खेल हुनेछ । एनपीएलको पहिलो खेलमा जनकपुर र काठमान्डु गोर्खाज आमनेसामने हुनेछ । जुन खेल साँझकै समयमा हुने छ ।
प्रतियोगितामा सहभागी ८ फ्रेन्चाइज टोलीले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । मंसिर २३ गते क्वालिफायर १, मंसिर २४ गते इलिमिनेटर र मंसिर २५ गते क्वालिफायर २ हुनेछ । फाइनल मंसिर २७ मा हुनेछ । त्रिभुवन विश्वविद्यालयसँग लिजमा लिएर नेपाल क्रिकेट संघ (क्यान) ले यो मैदानमा क्रिकेट प्रतियोगिताहरू आयोजना गर्दै आएको छ ।
![This is how the NPL preparations are at the Tribhuvan University Cricket Ground [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/tu-cricket-ground-22-11112025024208-1000x0.jpg&w=1001&h=0)
![This is how the NPL preparations are at the Tribhuvan University Cricket Ground [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/tu-cricket-ground-14-11112025024251-1000x0.jpg&w=1001&h=0)
![This is how the NPL preparations are at the Tribhuvan University Cricket Ground [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/tu-cricket-ground-13-11112025024249-1000x0.jpg&w=1001&h=0)
![This is how the NPL preparations are at the Tribhuvan University Cricket Ground [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/tu-cricket-ground-12-11112025024246-1000x0.jpg&w=1001&h=0)
![This is how the NPL preparations are at the Tribhuvan University Cricket Ground [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/tu-cricket-ground-11-11112025024243-1000x0.jpg&w=1001&h=0)