जहाँ चिच्याएर भाकल गरिन्छ [तस्बिरहरू]

चिच्चाएर वर माग्ने सत्यवती देवीको पूर्णिमा मेलामा हज्जारौं श्रद्धालुको घुइँचो लाग्यो ।

कार्तिक २०, २०८२

माधव अर्याल

Where vows are made with shouts [Photos]

पाल्पा — मध्यरातमा घना जंगलको बीचमा भाकल गर्नेहरुको चिच्चाहट छ । प्रार्थना गर्ने केही युवा भनिरहेका छन्, 'ए सत्यवती बज्यै ! मलाई जापानको भिसा दिलाइदिनु है । म फेरि दर्शन गर्न आउनेछु... ।' अर्काथरी फलाकिरहेछन्, 'सत्यवती बज्यै ! मलाई अस्ट्रेलियाको भिसा लागोस्, म फर्केर बोका लिएर आउनेछु... ।'

Where vows are made with shouts [Photos]

समयसँगै भाकल पनि फेरिएका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार पहिले फरक भाकल हुने गर्थ्यो । 'ए सत्यवतै बज्यै ! छोरा पाम्, मेरो श्रीमान्‌ले सौता नल्याओस्, मेरो छोरा ब्रिटिसे लाहुरे बनोस् । भारतीय सेनामा भर्ती भए बोका लिएर आउनेछु जस्ता भाकल हुन्थे,' उनी भन्छन्, 'भाकल फेरिए पनि आस्था भने युवाहरुमा पनि उस्तै छ ।’

Where vows are made with shouts [Photos]

वर माग्यो भने पूरा हुन्छ भन्ने जनविश्वासका आधारमा सत्यवती ताल घुमेर चिच्चाएर भाकल गर्ने प्रचलन छ । अचम्म के छ भने मनोकांक्षा मनमनै होइन, सबैले सुन्ने गरी माग्ने प्रचलन छ । कात्तिके हरिबोधनी एकादशीबाटै सत्यवतीमा दर्शन गर्न जाने परम्परा छ । तर चतुर्दशीको राति भने हजारौं दर्शनार्थी सत्यवती बज्यैको मन्दिर तथा ताल परिक्रमाका लागि पुग्ने गर्छन् ।

Where vows are made with shouts [Photos]

पाल्पाको तिनाउ गाउँपालिका–४, कोलडाँडामा पर्ने सत्यवती ताल छेउमा मन्दिर निर्माण गरिएको छ । वरिपरि जंगलको बीचमा रहेको सत्यवती ताल र तालको छेउमै बनाइएका सत्यवती बाजे र बज्यैको मन्दिर विशेष महत्व बोकेको रुपन्देहीबाट आएका श्रद्धालु गोविन्द देवकोटाले बताए । उनका अनुसार मनोकांक्षा पूरा हुने विश्वासले नै मध्यरातमा भाकल गर्न हज्जारौं श्रद्धालु आएका हुन् ।

Where vows are made with shouts [Photos]

चिच्चाएर वर माग्ने पाल्पाको सत्यवती देवीको पूर्णिमा मेलामा हज्जारौं श्रद्धालुको घुइँचो लाग्यो । सत्यवती ताल मन्दिर व्यवस्थापन समितिका अनुसार यसवर्ष १ लाख ५० हजार बढी श्रद्धालुले सत्यवती देवीको दर्शन गरेका छन् । मेला गत कार्तिक १५ गते शनिबारदेखि लागेको थियो । बुधबार मध्यरातपछि सकिएको छ । सत्यवती मेला जाने श्रद्धालुको घुइँचोले सिद्धार्थ राजमार्गको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । राजमार्गको सिद्धबाबादेखि दोभान, पानीमिल, चौविसमाइल, हिउँदेखोला, केराबारी लगायतका स्थानमा ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ‘चार दिन खासै समस्या भएन,’ ट्राफिक प्रहरी प्रमुख खेम पंगेनीले भने, ‘मंगलबार बेलुकीदेखि बुधबार दिउँसोसम्म ट्राफिक व्यवस्थापनमै हम्मे भयो ।’

Where vows are made with shouts [Photos]

यहाँ भारतबाट समेत भक्तजन आउँछन् । तालको वरपरको भागमा बाँस वा पातीको लिंगो लिएर चिच्याउँदै वर माग्ने गरिन्छ । लिंगोलाई तालमा गाडेर सोही लिंगोलाई चिनेर पूजा गर्ने प्रचलन छ । दिउँसोमा भन्दा राति बढी भीड लाग्ने गर्छ । सत्यवती मन्दिर पूजा समितिका अध्यक्ष गाहाका अनुसार परापूर्वकालमा पवित्र र सुन्दर ठाउँ खोज्ने र बास बस्ने क्रममा सत्यवती बज्यै यो स्थानमा आएको भन्ने किंवदन्ती छ । सत्यवती माईका धेरै दिदीबहिनीमध्ये एक बहिनीलाई यो स्थान मन परेपछि सरसफाइ गरी यो स्थलको निर्माण गरेको पाइन्छ ।

Where vows are made with shouts [Photos]

यो स्थान मन परेपछि तपस्या गर्ने भनेर, वरिपरि सरसफाइ गर्ने, बढारकुढार गर्ने क्रममा माईले कुभिन्डोको भाडामा पानी बोकेर ल्याएको र बुढी भएकी सत्यवती बज्यैले काम कम सुन्ने जनविश्वास छ । लिपपोत गर्ने क्रममा कुभिन्डोको को भाडामा भएको अचानक पानी पोखिएको र सत्यवती तालको स्थापना भएको हो भन्ने जनश्रुति रहेको गाउँका वयोवृद्ध सुनवीर गाहा बताउँछन् ।

Where vows are made with shouts [Photos]
Where vows are made with shouts [Photos]
Where vows are made with shouts [Photos]
Where vows are made with shouts [Photos]

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully