Thousands of devotees thronged the Purnima fair of Goddess Satyavati, who screams and begs for boons.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
In the middle of the dense forest at midnight, there is a cry of those making vows. Some young men praying are saying, 'Oh Satyavati Bajya! Please get me a visa to Japan. I will come back to see you again...' Others are chanting, 'Oh Satyavati Bajya! Please get me a visa to Australia, I will come back with a goat...'
समयसँगै भाकल पनि फेरिएका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार पहिले फरक भाकल हुने गर्थ्यो । 'ए सत्यवतै बज्यै ! छोरा पाम्, मेरो श्रीमान्ले सौता नल्याओस्, मेरो छोरा ब्रिटिसे लाहुरे बनोस् । भारतीय सेनामा भर्ती भए बोका लिएर आउनेछु जस्ता भाकल हुन्थे,' उनी भन्छन्, 'भाकल फेरिए पनि आस्था भने युवाहरुमा पनि उस्तै छ ।’
वर माग्यो भने पूरा हुन्छ भन्ने जनविश्वासका आधारमा सत्यवती ताल घुमेर चिच्चाएर भाकल गर्ने प्रचलन छ । अचम्म के छ भने मनोकांक्षा मनमनै होइन, सबैले सुन्ने गरी माग्ने प्रचलन छ । कात्तिके हरिबोधनी एकादशीबाटै सत्यवतीमा दर्शन गर्न जाने परम्परा छ । तर चतुर्दशीको राति भने हजारौं दर्शनार्थी सत्यवती बज्यैको मन्दिर तथा ताल परिक्रमाका लागि पुग्ने गर्छन् ।
पाल्पाको तिनाउ गाउँपालिका–४, कोलडाँडामा पर्ने सत्यवती ताल छेउमा मन्दिर निर्माण गरिएको छ । वरिपरि जंगलको बीचमा रहेको सत्यवती ताल र तालको छेउमै बनाइएका सत्यवती बाजे र बज्यैको मन्दिर विशेष महत्व बोकेको रुपन्देहीबाट आएका श्रद्धालु गोविन्द देवकोटाले बताए । उनका अनुसार मनोकांक्षा पूरा हुने विश्वासले नै मध्यरातमा भाकल गर्न हज्जारौं श्रद्धालु आएका हुन् ।
चिच्चाएर वर माग्ने पाल्पाको सत्यवती देवीको पूर्णिमा मेलामा हज्जारौं श्रद्धालुको घुइँचो लाग्यो । सत्यवती ताल मन्दिर व्यवस्थापन समितिका अनुसार यसवर्ष १ लाख ५० हजार बढी श्रद्धालुले सत्यवती देवीको दर्शन गरेका छन् । मेला गत कार्तिक १५ गते शनिबारदेखि लागेको थियो । बुधबार मध्यरातपछि सकिएको छ । सत्यवती मेला जाने श्रद्धालुको घुइँचोले सिद्धार्थ राजमार्गको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । राजमार्गको सिद्धबाबादेखि दोभान, पानीमिल, चौविसमाइल, हिउँदेखोला, केराबारी लगायतका स्थानमा ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ‘चार दिन खासै समस्या भएन,’ ट्राफिक प्रहरी प्रमुख खेम पंगेनीले भने, ‘मंगलबार बेलुकीदेखि बुधबार दिउँसोसम्म ट्राफिक व्यवस्थापनमै हम्मे भयो ।’
यहाँ भारतबाट समेत भक्तजन आउँछन् । तालको वरपरको भागमा बाँस वा पातीको लिंगो लिएर चिच्याउँदै वर माग्ने गरिन्छ । लिंगोलाई तालमा गाडेर सोही लिंगोलाई चिनेर पूजा गर्ने प्रचलन छ । दिउँसोमा भन्दा राति बढी भीड लाग्ने गर्छ । सत्यवती मन्दिर पूजा समितिका अध्यक्ष गाहाका अनुसार परापूर्वकालमा पवित्र र सुन्दर ठाउँ खोज्ने र बास बस्ने क्रममा सत्यवती बज्यै यो स्थानमा आएको भन्ने किंवदन्ती छ । सत्यवती माईका धेरै दिदीबहिनीमध्ये एक बहिनीलाई यो स्थान मन परेपछि सरसफाइ गरी यो स्थलको निर्माण गरेको पाइन्छ ।
यो स्थान मन परेपछि तपस्या गर्ने भनेर, वरिपरि सरसफाइ गर्ने, बढारकुढार गर्ने क्रममा माईले कुभिन्डोको भाडामा पानी बोकेर ल्याएको र बुढी भएकी सत्यवती बज्यैले काम कम सुन्ने जनविश्वास छ । लिपपोत गर्ने क्रममा कुभिन्डोको को भाडामा भएको अचानक पानी पोखिएको र सत्यवती तालको स्थापना भएको हो भन्ने जनश्रुति रहेको गाउँका वयोवृद्ध सुनवीर गाहा बताउँछन् ।
![Where vows are made with shouts [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/satyawati-mela-palpa-2082-11-06112025055824-1000x0.jpg&w=1001&h=0)
![Where vows are made with shouts [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/satyawati-mela-palpa-2082-17-06112025055221-1000x0.jpg&w=1001&h=0)
![Where vows are made with shouts [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/satyawati-mela-palpa-2082-22-06112025055713-1000x0.jpg&w=1001&h=0)
![Where vows are made with shouts [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/satyawati-mela-palpa-2082-3-06112025055333-1000x0.jpg&w=1001&h=0)
![Where vows are made with shouts [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/satyawati-mela-palpa-2082-7-06112025055317-1000x0.jpg&w=1001&h=0)
![Where vows are made with shouts [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/satyawati-mela-palpa-2082-1-06112025055246-1000x0.jpg&w=1001&h=0)
![Where vows are made with shouts [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/satyawati-mela-palpa-2082-6-06112025055240-1000x0.jpg&w=1001&h=0)