एक घण्टाभन्दा बढी समय बिताएर एन्फाको सातदोबाटो कम्प्लेक्सभित्र जान नपाएपछि खेलाडीहरूले बाहिर नै प्रदर्शन गरेका छन् ।
काठमाडौँ — सहिद स्मारक लिग ‘ए’ डिभिजन आयोजनाको माग गर्दै नेपाली फुटबल खेलाडीले बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटो कम्प्लेक्स अगाडि प्रदर्शन गरेका छन् ।
प्रदर्शनका लागि ११ बजेदेखि खेलाडी भएका थिए, तर उनीहरूलाई मूल गेटमै रोकिएको थियो । नेपाल फुटबल खेलाडी संघले कम्प्लेक्सभित्र प्राङ्गणमा गएर आफ्नो कुरा राख्न मागे पनि एन्फाले त्यसलाई रोकेको थियो । एन्फाका तर्फबाट प्रवक्ता सुरेश शाहले सहजीकरणका लागि प्रयास गरेका थिए । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई दुवै काठमाडौंबाहिर छन् ।
एक घण्टाभन्दा बढी समय बिताएर भित्र जान नपाएपछि खेलाडीहरूले बाहिर नै प्रदर्शन गरे । त्यसैक्रममा खेलाडी संघका अध्यक्ष विक्रम लामाले एन्फाले गरिरहेको व्यवहारको निन्दा गर्दै आफूहरूको सशक्त प्रदर्शन कायम रहने बताए । खेलाडीहरूले ‘एन्फा अझै मस्तीमा, खेलाडीचाहिँ सास्तीमा’, ‘मैदानमा शून्यता, सडक हाम्रो बाध्यता’, ‘एन्फाको आस, खेलाडीको भोकै बास’ र ‘एन्फा भ्रममा नपार, जिउँदै खेलाडी नमार’ नारा लगाएका थिए ।
‘हाम्रो माग भनेकै फुटबल गतिविधि हुनुपर्ने भन्ने हो, नेपाली फुटबलमा रहेका बेथिति हट्नुपर्छ भन्नेमा छौं,’ अध्यक्ष लामाले भने, ‘एक साताभित्र ए डिभिजन गर्ने खाका तयार पारेर एन्फा प्रस्तुत भएन भने अझ सशक्त प्रदर्शन गर्नेछौं । हाम्रो संघर्ष अझ कडा हुनेछ । यो त सुरुआत मात्रै हो । खेलाडीको माग सम्बोधन गर्नु नै पर्छ ।’
त्यसमध्ये कतिपय विदेसिएका छन् । विरोध कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यदेखि पूर्व कप्तानहरूको उपस्थिति थियो ।त्यस अवसरमा राष्ट्रिय टिमका सदस्य रोहित चन्द र अञ्जन विष्टसँगै पूर्वकप्तान विराज महर्जनले ‘ए’ डिभिजन लिग नभएकामा आक्रोश पोखेका थिए ।
![Players protest demanding 'A' Division League [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/57710974530303817571347382070053508654903134n-06112025081313-1000x0.jpg&w=1001&h=0)
![Players protest demanding 'A' Division League [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/57706674615198131126197884747808754277610695n-06112025081321-1000x0.jpg&w=1001&h=0)
![Players protest demanding 'A' Division League [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/5541169358046830258760045031220276383020911n-06112025081318-1000x0.jpg&w=1001&h=0)
![Players protest demanding 'A' Division League [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/57421044322247052347234776843563766731932776n-06112025081316-1000x0.jpg&w=1001&h=0)
![Players protest demanding 'A' Division League [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/sports/57654456710936108028516727535176440986105435n-06112025081310-1000x0.jpg&w=1001&h=0)