सात वर्ष लगाएर निर्माण गरिएको शान्ति स्तुप ४१ दशमलव ५ मिटर अग्लो र २० मिटर गोलाइको रहेको छ ।
लुम्बिनी — विश्व शान्तिको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीस्थित शान्ति स्तुपामा पूजाआजा गरिएको छ । स्तुपाको २४ औं वार्षिकोत्सवका उपलक्ष्यमा मंगलबार आयोजित कार्यक्रममा भिक्षु भिक्षुणीहरूले बौद्ध परम्परा अनुसार पूजाआजा गरेका हुन् ।
नेपाली भिक्षुले थेरबाद परम्पराअनुसार पूजा गर्दै प्रार्थना गरेका थिए । त्यसपछि चिनियाँ, थाई, कोरियन र हिमालय परम्परा अनुसार धर्मगुरु र भिक्षु भिक्षुणीले शान्ति पाठ गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल–भारत थाई धम्मदूत एसोसिएसन उपाध्यक्ष फ्रा बोधीविदेश बजिराशुद्धीले महामानव बुद्धकै सन्देशले विश्व शान्ति सम्भव हुँदा सबैले अनुशरण गरेर हिंसारहित समाज बनाउन सके उनको सन्देश सार्थक हुने बताए । उनले स्वर्गीय जापानी निचिडात्सु फुजी गुरुले विश्वभरि बनाएका ८० बढी विश्व शान्ति स्तुपले शान्ति फैलाउन तरंगको काम गरिरहेको बताए । निप्पोजान म्याहोजी संस्थाका संस्थापक फुजी गुरुले उक्त स्तुप निर्माण गरेका हुन् ।
कार्यक्रममा शान्ति स्तुपा प्रमुख भिक्षु सातो तात्सुमा र अर्का जापानी भिक्षु योनिसी ओनीसीले पनि बोलेका थिए । सात वर्ष लगाएर निर्माण गरिएको शान्ति स्तुप ४१ दशमलव ५ मिटर अग्लो र २० मिटर गोलाइको रहेको छ । त्यस्तै स्तुपको आधार स्तम्भ ५९ मिटर गोलाइको रहेको छ । ९ सय मेट्रिक टन सिमेन्ट लागेको उक्त स्तुपमा २७ हजार स्क्वायर फुट मार्बल प्रयोग गरिएको छ । स्तुपको गर्भ र गजुरमा भगवान गौतम बुद्धको पवित्र अस्तुधातु प्रतिस्थापन गरिएको छ । ०५० कार्तिक २८ मा गिरिजाप्रसाद कोइरालाले शिलान्यास गरेको स्तुपको ०५८ कार्तिक १८ मा उनैले उद्घाटन गरेका थिए ।
![World Peace Puja in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/biswa-shanti-ko-kamana-gardai-pujamanoj-photo13-04112025090023-1000x0.jpg&w=1001&h=0)
![World Peace Puja in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/biswa-shanti-ko-kamana-gardai-pujamanoj-photo14-04112025090034-1000x0.jpg&w=1001&h=0)
![World Peace Puja in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/biswa-shanti-ko-kamana-gardai-pujamanoj-photo12-04112025090012-1000x0.jpg&w=1001&h=0)
![World Peace Puja in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/biswa-shanti-ko-kamana-gardai-pujamanoj-photo11-04112025090001-1000x0.jpg&w=1001&h=0)