शुक्रबार लाग्ने मेलाका लागि बिहीबार साँझैदेखि राम घाटमा श्रद्धालु भक्तजन आउने क्रम सुरु भएको थियो। राति ३ बजेदेखि नै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नेको लाइन थियो।
कपिलवस्तु — जिल्लाकै ऐतिहासिक महत्त्वका ठूला रामघाट मेला भर्न श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। कार्तिक शुक्ल पूर्णिमाका दिन कपिलवस्तु नगरपालिकास्थित बाणगंगा नदीको रामघाटमा लाग्ने नाहन मेला भर्न बुधबार बिहानैदेखि हजारौँ भक्तजन आएका थिए। धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले पर–परबाट तीर्थालु आएका छन्।
शुक्रबार लाग्ने मेलाका लागि बिहीबार साँझैदेखि राम घाटमा श्रद्धालु भक्तजन आउने क्रम सुरु भएको थियो। राति ३ बजेदेखि नै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नेको लाइन थियो।