लोअर मुन्दुम ट्रेलअन्तर्गत सप्तकोशीको चतरादेखि ऐतिहासिक बाटो, अक्करको भिर, खुवालुङ उपत्यका, हतुवागढी, किराती प्राग्ऐतिहासिक थलो गोलमे पहरा, नाग छाँगा, पामाखामगढी, हाबीराङडाँडा, कपासे भन्ज्याङ,सेलमेडाँडा, तावा भन्ज्याङसम्मको ट्रेललाई मानिन्छ ।
खोटाङ — मुन्दुम ट्रेलअन्तर्गत तल्लो क्षेत्रको अन्वेषणको काम सम्पन्न भएको छ । सप्तकोशीको चतरादेखि तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेलको अन्वेषण सम्पन्न भएको हो । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रको नेतृत्वमा गत असोज २८ देखि कात्तिक ४ गतेसम्म अन्वेषण गरिएको प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताएका छन् ।
प्रवर्द्धन केन्द्रका अध्यक्ष राई, सदस्य वीरबहादुर राई, साल्पा पोखरी विकास समितिका अध्यक्ष वीरकुमार राई, भ्लगर करिना राई र पवन राईको टोलीले पदमार्गको नक्सा निर्माण, जीपीएसमार्फत डेटा संकलन, उक्त पदमार्ग क्षेत्रमा रहेका पर्यटकीय आकर्षणहरूको भिडियो, फोटो तथा जानकारीसहित अध्ययन गरेको हो ।
‘खुवालुङदेखि चोमोलुङ्मासम्म ग्रेटर मुन्दम ट्रेलको तीन वटा खण्डमा विकास गरेका छौं’ राईले भने–‘यसमध्ये अपर मुन्दुम ट्रेलमा छेस्कामदेखि सगरमाथा आधार शिविरसम्म, तावा भन्ज्याङदेखि साल्पा सिलिचुङ हुादै बुङसम्म मुन्दुम ट्रेल र लोअर मुन्दुम ट्रेलअन्तर्गत चतरादेखि तावा भञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेलको रूपमा विकास गरेका छौं ।’
![This is the Lower Mundum Trail [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mundum-trail-3-27102025015738-1000x0.jpg&w=1001&h=0)
![This is the Lower Mundum Trail [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mundum-trail-16-27102025015802-1000x0.jpg&w=1001&h=0)
![This is the Lower Mundum Trail [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/mundum-trail-15-27102025015759-1000x0.jpg&w=1001&h=0)