तस्बिरमा हेर्नुहोस् देशैभरका पोखरी, नदी, तलाउ र जलाशयमा छठ पर्वको रौनक ।
काठमाडौँ — आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व मनाइएको छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।
यस पर्वको पहिलोदिन बर्तालुहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछन् । दोस्रो दिन खरना मनाइएको थियो । खरनाका दिन व्रतीहरुले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए भने राति अरवा अरबाईन (बिना नुनको) खानेकुरा खाएका थिए । यस पर्वलाई व्रतालुहरुले भोलि मंगलबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेको क्रम दोहोर्याई प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व सम्पन्न गर्नेछन् ।
![Chhath celebrated by offering Arghya to the setting sun [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/kamalpokharichhath16-27102025024026-1000x0.jpg&w=1001&h=0)
