Buying and selling flower garlands at the squares of Khalanga [Photos]

Farmers from Chandannath, Guthichowr, and Patarasi rural municipalities in the district have come to the district headquarters, Khalanga, to sell garlands of Sayapatri flowers.

kartik 5, 2082

DB Budha

Buying and selling flower garlands at the squares of Khalanga [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The trade in centipede flower garlands produced by local farmers has increased in Jumla. Currently, farmers are trading garlands in the intersection of Khalanga, the district headquarters. They carry the garlands from the village on their heads and bring them to Khalanga.

Buying and selling flower garlands at the squares of Khalanga [Photos]

जिल्लाको चन्दननाथ,गुठिचौर र पातारासी गाउँपालिकाबाट किसानहरु सयपत्री फूलको माला बेच्न सदरमुकाम खलंगा झरेका छन् । एउटा सयपत्री फूलमाला न्यूनतम् ६० देखि १ सय ५० रुपैयाँसम्ममा बेच्ने गरेको चन्दननाथ-८ रोकायाबाडाकी पञ्चा रोकायाले जानकारी दिइन् । उनले दुई डोको माला बनाएर खलंगामा पुर्‍याएकी थिइन् । ती माला एकैदिनमा बेचिन् । पहिले फाटफुट मात्रै फूलमाला बेच्ने गरेकोमा अहिले व्यावसायिक रुपमै माला बेच्न थालिएको उनको भनाइ छ ।

Buying and selling flower garlands at the squares of Khalanga [Photos]
Buying and selling flower garlands at the squares of Khalanga [Photos]

अहिले स्याउका बगैंचाभित्र फूल छर्ने गरिएको छ । खलंगाको प्रशासन कार्यालय अगाडिको चोक, बालमन्दिर, कालेखोली र विजयनगरका चोक तथा पसलहरुमा स्थानीय सयपत्री फूलका मालाहरु बेच्न थालिएको छ ।खलंगामा एकैस्थानमा फूलमाला राखेर बेच्न नपाइने भएकोले समस्या भएको किसानहरुको गुनासो छ । स्थानीय लालकली रोकायाले किसानले उत्पादन गरेको सयपत्री फूलको माला बेच्न कठिन हुने गरेको बताइन् । उनले भनिन् , ‘एकै स्थानमा व्यवस्थित रुपमा राखेर बेच्ने ठाउँ नभएकोले सडकमै डोको चोकमा राखेर बेच्नु परेको छ ।’ अधिकांश किसानले गाउँगाउँमा डुलाएरसमेत माला बेच्ने गरेका छन् । 'गाउँमा पहिलेदेखि सयपत्री फूलको माला लगाइन्थ्यो तर सदरमुकाम र टुक्रे बजारमा प्लाष्टिक मालाको किनबेच बढिरहेको थियो,'लालकलीले भनिन्, ‘अहिले बजारमा समेत सयपत्री मालाले धानिरहेको छ । विस्तारै प्लाष्टिक माला विस्थापित हुने क्रममा छ ।’

Buying and selling flower garlands at the squares of Khalanga [Photos]
Buying and selling flower garlands at the squares of Khalanga [Photos]
Buying and selling flower garlands at the squares of Khalanga [Photos]

अहिले जिल्ला बाहिरबाट मगाउनु परे पनि सयपत्रीको माला नै मगाएर बेच्ने गरिएको छ । अहिले प्लाष्टिकको माला अशुभ भएको भन्दै भाइटीकामा लगाउन छाडिएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले स्थानीय किसानले उत्पादन गरेको फूलमाला प्रयोग गर्न आग्रह गरेका छन् । उनले आफूले सपयत्री फूलको माला ल्याउन दिदीबहिनीलाई भनिरहेको बताउँदै सबैले स्थानीय उत्पादित फूल प्रयोग गर्नुपर्नेमा जोड दिए । यो पटक भाइटीका अगाडि नै भएकोले सयपत्री फूल टन्न छ । तिला गाउँपालिका-६ ले त प्लाष्टिक माला निषेध नै गरेको छ । भाइटीकामा किसानले उत्पादन गरेका सयपत्री ३ लाख रुपैयाँभन्दा बढोको कारोबार हुने गरेको छ । अधिकांश महिलाले त यही फूलमाला बेचेर तिहार खर्चसमेत जोहो गर्दै आएका छन् । खलंगाका केही पसलले समेत किसानबाट होलसेलमा फूलमाला किनेर बेच्न राखेका छन् ।

Buying and selling flower garlands at the squares of Khalanga [Photos]
Buying and selling flower garlands at the squares of Khalanga [Photos]

DB

Link copied successfully